ट्रम्पले भारत भ्रमणमा खानेछन् शाकाहारी खाना

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प जुन देशको भ्रमणमा गए पनि अमेरिकी खाना नै खान्छन् । उनी बीफमा केचअप हालेर खान मन पराउँछन् । 

तर भारतमा छँदा उनले बीफ खाने छैनन् । सीएनएनका अनुसार, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना अतिथिका लागि शाकाहारी खानेकुराको व्यवस्था गरेका छन् । 


Advertisement

ट्रम्पले गाईपूजा गर्ने हिन्दूहरूको भावनालाई विचार गर्दै बीफ नखाने भएका हुन् । 

मोदीले ट्रम्पलाई अहमदाबादमा भव्य स्वागतको तयारी गरिरहेका छन् । संसारको सबभन्दा ठूलो स्टेडियममा उनको स्वागत हुनेछ । मोदी आफैं शाकाहारी भएकाले ट्रम्पलाई पनि शाकाहारी भोजन पस्किने कार्यक्रम छ । 


Advertisement

मोदी र ट्रम्पले अनेकपटक सँगै भोजन गर्ने कार्यक्रम छ । मंगलवार राष्ट्रपति भवनमा दुवैले लन्च र डिनर गर्ने कार्यक्रम छ । 

ट्रम्पलाई सलाद खुबै मन पर्छ । अनि उनलाई मन पर्ने शाकाहारी भोजनका बारेमा उनका सल्लाहकारहरूसँग भारतीयहरूले परामर्श गरिरहेका छन् । 

ट्रम्प प्रशासनका एक अधिकारीले मकडोनल्डलाई भारतमा बीफ बर्गर पनि बन्ने नगरेको बताए । ट्रम्पलाई चीज बर्गर दिइने सम्भावना छ । 

ट्रम्प सोमवार भारत आइपुग्ने कार्यक्रम छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्