×

NMB BANK
NIC ASIA

होलीदेखि दिवालीसम्मको कुरा गरेर ट्रम्पले गरे भारतीयहरूको मन जित्ने कोशिश

फागुन १२, २०७६

NTC
Premier Steels

दुईदिने भारत भ्रमणका क्रममा सोमवार अहमदाबाद पुगेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मोटेरा स्टेडियममा विशाल जनसमुदायमाझ सम्बोधन गरेका छन् । 

Muktinath Bank

त्यसक्रममा उनले हिन्दू पर्वहरू होलीदेखि दिवालीसम्म अनि स्वामी विवेकानन्ददेखि सरदार पटेलसम्मको कुरा झिकेर भारतीयहरूलाई मक्ख पार्ने कोशिश गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको प्रशंसा गर्दै ट्रम्पले भारत अहिले ठूलो शक्ति बन्दै उदाएको र यस शताब्दीका लागि यो महत्त्वपूर्ण कुरा भएको बताए । ट्रम्पले मोदी सरकारका उज्ज्वला योजना, इन्टरनेट सुविधा, प्रधानमन्त्री आवास योजना लगायतको उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

ट्रम्पले सम्बोधनका क्रममा सचिन तेन्दुलकर र विराट कोहलीको समेत चर्चा गरे । संसारलाई महान् खेलाडी भारतले दिएको उनले बताए । 

Vianet communication

होली र दिवाली जस्ता पर्वले भारतको विविधतालाई झल्काउने उनले बताए । भारतमा हिन्दू, जैन, मुसलमान, सिख समेत अनेकौं धर्मका मानिस बस्ने र दर्जनौं भाषा बोलिने कुरा पनि उनले झिके । 

सम्बोधनका क्रममा ट्रम्पले मोदीको पनि उच्च प्रशंसा गरे । मोदी गुजरातका लागि मात्र नभई देशकै लागि गर्व भएको र उनले असम्भवलाई सम्भव बनाएर देखाएको ट्रम्पले बताए । प्रधानमन्त्री मोदीको अगुवाइमा भारतले प्रगति गरिरहेको र उसको विकासयात्रा संसारमै उदाहरणीय रहेको ट्रम्पको भनाइ छ । 

भारत र अमेरिका रक्षाको क्षेत्रमा सँगै अघि बढिरहेको र भारतलाई अमेरिकाले छिट्टै खतरनाक क्षेप्यास्त्र र हतियार दिने ट्रम्पले बताए । अमेरिका र भारत मिलेर आतंकवादविरुद्ध लड्ने उनको कथन छ । 

अमेरिकामा भारतीय मूलका मानिसले विकासमा ठूलो योगदान गरेको र त्यसका लागि उनीहरू धन्यवादका पात्र भएको ट्रम्पले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x