×

NMB BANK
NIC ASIA

ललिता निवास प्रकरण : जग्गा बकस लिने सबै कर्मचारीका सन्तान

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका श्रीमती, छोराछोरी र आफन्त छन्। मालपोत कार्यालय डिल्लीबाजर, समरजंग कम्पनी, गृह मन्त्रालयका कर्मचारीले सुर्वण शमशेरका हकवालाबाट आफ्ना नातागोताको नाममा बकस गरी आफ्नोमा गरेका छन्।

Muktinath Bank

ललिता निवासको ११२ रोपनी जग्गा राणा परिवारको नाममा ल्याउन कमिसन स्वरुप कर्मचारीका परिवारको नाममा बकस गरिएको देखिएको छ। यो जग्गा २०२१ सालमा नै अधिग्रहण गरी क्षतिपूर्ति समेत दिएर सरकारको नाममा ल्याइएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गराएको आरोप पत्रमा निर्वाचन आयोगका आयुक्त शाहकी श्रीमति उर्मिलासहित १३ कर्मचारीका परिवार र आफन्त छन्। उनीहरूले जग्गा फिर्ता गरेको ८ दिनभित्र बकस गरिदिएको अख्तियारले विशेष अदालतमा पेस गरेका आरोप पत्रमा उल्लेख छ।


Advertisment
Nabil box
Kumari

गैह्रकानुनी फिर्ता भएको (२०४९ पुस २३) आठ दिनभित्र (२०४९ माघ २ मा) बकस पत्रको लिखत तयार भएको छ। २०५० जेठ २९ मा पारित भएको लिखतबाट आफू समेतको नाममा ललिता निवासको जग्गा प्राप्त गरेको देखिएको छ।

Vianet communication
Laxmi Bank

सरकारी जग्गा व्यक्ति विशेषलाई फिर्ता दिने गरी गैह्रकानुनी निर्णय भएका आठ दिन भित्र यो प्रकरणमा संलग्नता र सरकार नभएका स्वतन्त्र व्यक्तिले जग्गाधनी भनिएका राणा परिवारलाई खुसी बनाइ, रिझाइ ६ रोपनी ९ आनासम्म जग्गा बकस पत्र मार्फत प्राप्त गरेको हो भनी विश्वास गर्न सक्ने स्पष्ट आधार र ठोस प्रमाण नदेखिएको मुद्दामा उल्लेख छ।

राणा परिवारबाट गैह्रकानुनी रूपमा निर्वाचन आयुक्त सुधीरकुमार शाहकी श्रीमती उर्मिला शाहले तीन कित्ता बकस लिएको पाइएको छ। उर्मिलाले एक लाख ५४ हजार ७ सय र ६ लाख ४ हजार ७ सय थैली कायम गरी कित्ता नम्बर ३६ को १ रोपनी ३ पैसा र कित्ता नम्बर ११ को ११ आना २ पैसा र १७ नम्बर कित्ताको ३ रोपनी ५ आना बकस लिएकी थिइन।

बकस लिने बखतमा सुधीर शाह मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत थिए।

बकस लिएकी उर्मिलाले २०४९ मंसिर १ मा शैलजा राण र भुवनकुमारी चापागार्इंसहित आफू संयुक्तरूपमा खरिद गरी बकस लिएको बयानमा उल्लेख छ। यो जग्गा २०६० मा रामकुमार सुवेदीको परिवारलाई बिक्री गरिसकेको बताएकी छन्। मैले जग्गा खरिद गर्दा मेरो श्रीमान सुधीर शाह भक्तपुर मालपोतका अधिकृत हुनुहुन्थ्यो, उक्त जग्गा लिखित पारित गरी खरिद गरेको हो, उनले बयानमा भनेकी छन्, ‘मलाई जग्गाधनीसँग भेटाउने व्यक्ति जग्गा दलाल रामनाथ शर्मा हुन्।’

तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं सहसचिव गेहनाथ भण्डारीकी श्रीमती भुवनकुमारी चापागाई र सासु सोदाकुमारी चापागाईका नाममा जग्गा बकस गरिएको छ।

भुवनकुमारीको नाममा ३ कित्ता र सोदाकुमारीको नाममा एक कित्ता बकस गरिएको आरोप पत्रमा उल्लेख छ। कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x