×

NMB BANK
NIC ASIA

राष्ट्रपति आउँदा बिदा !

फागुन १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मन्दिरमा पूजा र भवन उद्घाटनको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि बैतडी र दार्चुलाका दुई/दुई पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । बैतडीका पाटन नगरपालिका र दशरथचन्द नगरपालिका तथा दार्चुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले बिहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका हुन् ।

Muktinath Bank

उनीहरूले राष्ट्रपतिलाई नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरेका छन् । आफ्ना गाउँ र नगरवासीका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन भनेका छन् । विद्यार्थीलाई अनिवार्य सहभागी हुन भनिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति भण्डारीले बिहीबार पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको भवन र छात्रावास उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि दशरथचन्द नगरपालिकास्थित त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने दशरथचन्दका नगरप्रवक्ता चक्रप्रसाद शर्माले बताए । राष्ट्रप्रमुख जिल्ला आउँदा सार्वजनिक बिदा दिनु राम्रो निर्णय भएको उनले दाबी गरे । पाटन र दशरथचन्द नगरले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक बिदा दिने निर्णयले बालबालिकाको पढाइ प्रभावित हुने शिक्षकहरूले बताए् । ‘राष्ट्रप्रमुख आउँदा कार्यक्रमस्थल नजिकका विद्यालयका विद्यार्थी जानु, स्वागत गर्नु ठिकै भए पनि सबै विद्यालय बन्द गर्न जरुरी थिएन,’ दशरथचन्द माविका प्रधानाध्यापक तेजप्रकाश भट्टले भने ।

Vianet communication
Laxmi Bank

राष्ट्रपतिले बिहीबारै मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन मन्दिरमा विशेष पूजापाठ गर्ने कार्यक्रम छ । जिल्लाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गर्दै स्वागतका लागि उपस्थित हुन सर्वसाधारणलाई सूचना जारी गरेका छन् ।

शैल्यशिखर नगर कार्यपालिकाको बुधबारको बैठकले बिदा दिने निर्णयसँगै नगरवासीलाई राष्ट्रपतिको स्वागतका लागि उपस्थित हुन अनुरोध गर्दै सूचना जारी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणप्रसाद जोशीले जानकारी दिए । नागरिक अभिनन्दन र स्वागतका लागि गाउँपालिकाले बिदा दिने निर्णय गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।
सरकारको एक सय गन्तव्यअन्तर्गत परेको मालिकार्जुन क्षेत्रमा राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा विद्यालय प्रांगणमा कार्यक्रम हुँदै छ । त्यहाँ पञ्चकन्याले स्वागत गर्ने र मालिकार्जुन क्षेत्रको स्थानीय कला–संस्कृति, सगुन, झोडो, ढुस्को प्रदर्शनीको तयारी गरिएको धामी बताउँछन् ।

राष्ट्रपति दर्शन गर्न आउने भएपछि मालिकार्जुन मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले ४० नेपाली सेना, १२० नेपाल प्रहरी, ७० जना सशस्त्र प्रहरीसँगै सादा पोसाकका सुरक्षाकर्मी खटाइएको जनाएको छ । राष्ट्रपति भण्डारी बिहान १० बजे मालिकार्जुन मन्दिर परिसरमा निर्माण गरिएको हेलिप्याडमा अवतरण गर्ने समयतालिका छ । राष्ट्रपतिले मालिकार्जुनमा २ घण्टा बिताउने स्थानीय प्रशासनले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x