सत्तामा बसेर सत्ताकै दुरुपयोग गरियो - अष्टलक्ष्मी शाक्य

फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वागमती प्रदेश इन्चार्ज तथा प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी सामन्ती सोचबाट मुक्त हुन नसकेको भन्दै शीर्ष नेताहरूलाई आरोपित गरेकी छन् ।

बिहीवार पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको सन्दर्भमा राजनीतिक तथा प्रशिक्षण भेलामा बोल्दै शाक्यले पार्टीको नैतिक धरातल कमजोर बनेको आरोप लगाइन् ।


Advertisement

'हामीले सामन्ती व्यवस्था त ढाल्यौं तर सामन्ती सोचबाट किन मुक्त हुन सकिरहेका छैनौं ?' शाक्यले प्रश्न गरिन्, 'पार्टीको नैतिक धरातल कमजोर भएको छ । सत्तामा बसेरै सत्ताको गलत प्रयोग गरिएको छ ।'

शाक्यले नेपालमा केक काट्ने र बत्ती निभाउने चलन नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरिन् ।


Advertisement

शाक्यले सचिवालयमा रहेका ९ जना नेताहरू एकमत भएर अघि बढ्नुपर्ने विचार व्यक्त गरिन् । 'सचिवालयमा रहनुभएका ९ जना कमरेडहरु अविछिन्न एकताको रुपमा अगाडी बढ्नुपर्छ,' शाक्यले भनिन्, 'अहिले हामी प्रतिपक्षी छैनौं, सत्तापक्ष भएका छौं । केन्द्र प्रदेश र स्थानीय निकायको सरकारमा छौं । नेताहरूले कुनैपनि कार्यकर्ताको मन दुख्नेगरी अभिव्यक्ति दिनु हुँदैन भन्ने मैले राख्न चाहन्छु ।'

भेलामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, पम्फा भुसाल लगायत उपस्थित छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्