×

NMB BANK
NIC ASIA

लघुवित्तको लाइसेन्स दिँदा राष्ट्र बैंकबाटै नीतिगत भ्रष्टाचार

फागुन १६, २०७६

NTC
Premier Steels

लघुवित्त कम्पनीले अकुत नाफा आर्जन गर्ने देखिएपछि राष्ट्रले नीतिगत निर्णय नै गर्दै यिनको संख्या बढाएको पाइएको छ । २०७३ असारमा मौद्रिक नीतिलाई चार दिनपछि धकेल्दै राष्ट्र बैंकले २३ वटा लघुवित्त कम्पनीको आवेदन लिएर नीतिगत भ्रष्टाचार गरेको हो ।  

Muktinath Bank

त्यसवेला मौद्रिक नीति ल्याउनुअघिसम्म ४१ लघुवित्त कम्पनी थिए । तिनका १ हजार ३ सय ३० शाखा सञ्चालनमा थिए । तर, मुनाफामुखी यस क्षेत्रमा आउन चहानेहरूकै लाभका लागि राष्ट्र बैंकले ४ दिन ढिलो गरेर मौद्रिक नीति सार्वजनिक मात्र गरेन, त्यसबीचमा आएका २३ लघुवित्तको आवेदनसेमत लिएर सञ्चालनमा आउन सक्ने गरी बाटो खोलिदियो । २६ असार ०७३ मा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यतालिका सारेर राष्ट्र बैंकले आवेदन लिने बाटो खुला गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३० असार ०७३ मा जारी भएको आव ०७३/७४ को मौद्रिक नीतिले नयाँ लघुवित्तको अनुमति आवेदनमा रोक लगाएको थियो । चार दिन मौद्रिक नीति सारिँदा दिव्य, नवचेतना, प्रकृति, समावेशी, कालीगण्डकी, सक्षम, राङजिङ, हाम्रो माइक्रो, कर्णाली, लोककल्याण, समावेशी, एक्सेलेन्ट, प्रकृति, वागेश्वरी, सिद्धकाली, कल्प, उत्कृष्टलगायतका लघुवित्तहरूले आवेदन दिन भ्याए । 


Advertisment
Nabil box
Kumari

‘तीन दिन लम्बिँदा लघुवित्तहरूका लागि आवेदन दिनेक्रम ओइरो लागेको थियो,’ राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले भने, ‘त्यसवेला असारमा मात्रै करिब ३० लघुवित्तले आवेदन दिएका थिए ।’ हाल यीमध्ये कतिपय संस्था अन्यसँग विलय भइसकेका छन् । कतिपयले संस्था खोल्ने इच्छा नै देखाएनन् र प्रक्रियाबाटै हटे । यता, लघुवित्तको संख्या बढाउन मौद्रिक नीति घोषणा गर्ने दिन नै केही दिनपछि सारिएको भन्ने हल्लामा सत्य नभएको राष्ट्र बैंकका अधिकारीहरूको दाबी छ । 

Vianet communication

‘हामी पहिले आवेदन लिन्छौँ, अनि प्रक्रिया पुगेमा मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर आउन भन्छौँ, त्यसैले आवेदन लिन मौद्रिक नीति नै पछि सारिएको भन्ने कुरा साँचो होइन,’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक जनक के. अधिकारीले भने, ‘त्यतिखेर ठूलो संख्यामा कम्पनीहरू दर्ताका लागि पाइपलाइनमा भने थिए ।’ 

आवेदन दिएकाको विवरण राष्ट्र बैंकले सार्वजनिक गर्न नपर्ने र मूल्यांकनपछि मात्रै कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्न सकिने नीतिगत छिद्रको लाभ संस्था दर्ता गर्नेहरूले उठाएका हुन् । त्यतिखेर पाइपलाइनमा रहेकाहरूको व्यवस्थापन हालसम्म पनि भइरहेको छ । ‘हामीले अनुमति प्रक्रियामा रहेकालाई पटक–पटक बोलायौँ, नआएपछि ४० संस्थाको आवेदन अस्वीकार नै गर्‍यौँ । अब ७ संस्था अनुमति प्रक्रियामा छन,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने । 

हाल ९० लघुवित्त कम्पनी सञ्चालनमा छन् । ४९ वटाले राष्ट्र बैंकबाट असार ०७३ पछि मात्र अनुमति पाएका हुन् । त्यसमध्ये पनि २४ वटा लघुवित्त गैरसरकारी संस्थाबाट यता परिणत भएका छन् ।त्यस्तै, ७ वटा अनुमति लिने प्रक्रियामै छन् । साझा लघुवित्त, कम्युनिटी, उज्यालो, किराँत, आइएमई, समृद्धि र रारा लघुवित्त कम्पनी अनुमति प्रक्रियामा रहेका हुन् ।  अनुगमन गर्न कठिन हुन थालेपछि राष्ट्र बैंकलाई अहिले लघु वित्तको संख्या धेरै भएको महसुस हुन थालेको छ । हाल मर्जरको नीतिबाटै राष्ट्र बैंक संस्थाको संख्या घटाउने तयारीमा छ ।   

लघुवित्त कम्पनी विकट क्षेत्र होइन, सहर–तराई मात्र केन्द्रित 

सहरमा मात्रै वित्तीय पहुँच उच्च भएको भन्दै आर्थिक वर्ष ०६४ बाटै लघुवित्त संस्थाहरूलाई उच्च प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने तयारी भएको हो । ०६८/६९ बाटै दोहोरोपना नहुने गरी वित्तीय सेवाको पहुँच कम भएका क्षेत्रमा मात्र लघुवित्त स्थापना गर्न इजाजत दिने मौद्रिक नीतिमा उल्लेख थियो । तर, अहिले पनि दुर्गममा लघुवित्तको पहुँच पुग्न सकेको छैन । हाल पनि हुम्ला, डोल्पा, मुगुमा दुईवटा संस्थाले मात्रै शाखा खोलेका छन् । मनाङमा चारवटा कम्पनीका शाखा पुगेका छन् । यी जिल्लामै मुख्य कार्यालय रहेर कुनै पनि कम्पनी खुलेका छैनन् ।  

सहर–बजार रहेका एकै नगरपालिकामा भने १९ देखि ५४ वटासम्म कम्पनीले सेवा दिइरहेका छन् । पोखरा–लेखनाथ नगरपालिकामा मात्रै ५४ संस्थाले वित्तीय सेवा दिइरहेका छन् । बनेपा महानगरपालिकामा ३५, रुपन्देहीको तिलोत्तमामा २९, काठमाडौं महानगरपालिकामा २७, सुनसरीको बराह नगरपालिका र इटहरी नगरपालिकामा क्रमशः २२ र १९ वटा संस्थाले वित्तीय सेवा दिइरहेका छन् । एकै क्षेत्र केन्द्रित हुँदा लघुवित्तहरूका ग्राहकमा दोहोरोपनाको समस्या झन् बढेको छ । ‘राष्ट्र बैंकले थेग्नै नसक्ने गरेर किन अनुमति दियो ?’ नेपाल लघुवित्त संघका अध्यक्ष जगतबहादुर पोखरेलले भने, ‘संस्थाहरू धेरै भएकैले अहिले समुदायमा रहेर काम गरिरहेका कुनै संस्थाको कर्मचारी अर्को संस्था जाने र पुनः सो संस्थाबाट समेत पुरानै समूहमा लगानी गर्ने परिपाटी मौलाएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x