×

NMB BANK
NIC ASIA

कोरोना भाइरसबाट बच्न संवेदनशील बनौं : मुख्यमन्त्री पौडेल

फागुन १६, २०७६

NTC
फाइल फोटो
Premier Steels

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गरे ।

Muktinath Bank

पौडेलले सन्देशमार्फत छिमेकी मित्रराष्ट्र चीनमा महामारीका रूपमा फैलिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणले त्यहाँ पुर्‍याएको मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख व्यक्त गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“यो संवेदनशील तथा दुःखद् घडीमा सिंगो नेपाल सरकार सँगसँगै वाग्मती प्रदेश सरकारसमेत राक्षसी भाइरससँग लडिरहेको चीनसँग सदैव साथ छ, त्यहाँ रहेका नेपाली नागरिकमा सावधानी अपनाउन अनुरोध गर्दछु”, पौडेलले प्रकाशित गरेको सन्देशमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

उनले सन्देशमा भनेका छन्, 'कोरोना भाइरस हाल नेपालीको अत्यधिक उपस्थिति रहेको मित्रराष्ट्र दक्षिण कोरियामा समेत फैलिएको खबरले चिन्तित तुल्याएको छ । हाल यो भाइरस संसारका विभिन्न ५० भन्दाबढी देशमा फैलिरहेको यथार्थबाट हामी जहाँ रहे पनि अत्यन्तै सावधान र सजग हुनु जरुरी छ । यस्तो अवस्थामा ती देशमा रहेका नेपाली नागरिकलाई महामारीबाट जोगिन अपनाउनुपर्ने सबै प्रकारका सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछु ।'

Vianet communication

मुख्यमन्त्री पौडेलले कोरोना भाइरसले कुनै पनि सीमा, जात र जातीयताको फरक नछुट्याउने र मुलुकको जिडिपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको उल्लेख गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x