भदौ १७, २०८०
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
कोरोना भाइरसको त्राससँगै काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल सुनसान बन्दै गइरहेको छ ।
चिनियाँ पर्यटकलाई लक्षित गरेर सञ्चालनमा रहेका होटल तथा व्यवसाय करीब बन्द हुने स्थितिमा पुगिसकेका छन् भने अन्य क्षेत्रमा पनि पर्यटकको संख्या घटेको छ ।
विदेशी पर्यटकको आगमनले भरिभराउ हुने ठमेलका गल्लीमा यतिबेला फाट्टफुट्ट रुपमा मात्रै पर्यटक देखिएका छन् । नेपाली मौलिकता बोकेका सामग्री बेच्ने पसलमा ग्राहकहरू प्रवेश गरेको देखिँदैन ।
व्यवसायीले कोरोनाको आतंकसँगै व्यवसाय अप्ठ्यारोमा पर्दै गएको बताएका छन् । थ्री स्टार ठमेल इको रिसोर्टका म्यानेजर विकास लम्सालले व्यवसायमा ४० प्रतिशतले गिरावट आएको बताए ।
‘इको रिसोर्ट युरोपियन पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको हो, अहिले त्यस क्षेत्रमा समेत कोरोना भाइरसको संक्रमण देखिएपछि आउने पर्यटकको संख्या ह्वात्तै घटेको छ,’ म्यानेजर लम्सालले भने । म्यानेजर लम्सालका अनुसार हाल इको रिसोर्टमा ९७ वटा कोठा भएकोमध्ये जम्मा ४० प्रतिशत मात्रै बुकिङ भएका छन् ।
चिनियाँ पर्यटकलाई लक्षित गरेर सञ्चालन गरिएको ठमेलको लासा गेस्ट हाउस चिनियाँ व्यवसायी पर्यटक आएर बस्ने ठाउँ हो । गेस्ट हाउस अहिले सुनसान जस्तै बनेको छ ।
‘यहाँ ८९ कोठा छन्, अहिले जम्मा १० वटा कोठा मात्रै बूक भएकोे अवस्था छ, अफ सिजन जस्तै भएको छ,’ गेस्ट हाउसका म्यानेजर दिपेश पाण्डेले लोकान्तरसँग भने, ‘गेस्ट हाउस सञ्चालन गरेको ५ वर्षको अवधिमा पहिलोपटक यस्तो अनुभव भएको छ ।’
पर्यटकलाई लक्षित गरेर ठमेलमा सञ्चालित टूर एण्ड ट्राभल एजेन्सीका कार्यालय पनि सुनसान देखिएका छन् । चीनमा कोरोना देखिएसँगै नेपाल घुम्न आउने पर्यटकको संख्या घटेको ट्राभल व्यवसायीको गुनासो छ ।
टप अफ द वर्ल्ड एड्भेन्चर प्रालिमा विगतको तुलनामा २० प्रतिशत मात्रै काम भएको सञ्चालक जनार्दन नेपालले बताए । ‘ट्रेकिङ वा ट्राभलको क्रममा पर्यटकहरूले आफ्नो यात्रा सुरक्षित होस् भन्ने चाहन्छन्, अहिले कोरोना ग्लोबल इस्यू भएको हुँदा ट्राभल क्यान्सिल गर्ने क्रम बढिरहेको छ,’ नेपालले लोकान्तरसँग भने ।
सिजनका हिसाबले यतिबेला पर्यटकको आगमन ‘ओभर फ्लो’ हुनुपर्ने भएपनि त्यसो नभएको बताउँदै ट्राभल व्यवसायी नेपालले भने, ‘अहिलेसम्मको स्थितिमा घरभाडा तिर्न र पुरानो कारोबारको हिसाबले कर्मचारीलाई तलब त सकिन्छ तर अब बिस्तारै नयाँ रिजर्भेसन नहुँदा पर्यटन व्यवसायलाई निकै गाह्रो हुने देखिन्छ ।’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो । नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...