कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको संक्रमणको जोखिमबाट सुरक्षित रहन सर्वसाधारणलाई सचेतना जगाउन पार्टीमा सबै सदस्य लाग्न आह्वान गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटीले शनिवारदेखि शुरू गरेको ३ महिने जनसम्बन्ध विस्तार तथा संगठन सुदृढीकरण अभियानको पोखरामा शुभारम्भ गर्दै उनले पार्टीका अभियान र कोरोनाविरुद्धको सचेतनालाई सँगसँगै लैजान कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीले शुरू गरेको अभियानमा प्रत्येक घरघरमा पुगेर व्यक्ति–व्यक्तिलाई भेटेर सचेतनाका लागि आग्रह गरिने र संघीय सरकारसँग प्रदेश सरकार पनि कोरोना विरुद्धको अभियानमा एक साथ अघि बढेको स्पष्ट पारे ।
पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले जिल्लाका ७२ वटै वडामा एकैपटक अभियानको शुभारम्भ गरिएको जानकारी दिए ।
उनले कोरोना सचेतनासँगै अभियानका क्रममा यसै महिनाभित्रमा पार्टी सदस्यता नवीकरण, संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न लाग्ने जानकारी दिए । अध्यक्ष थापाले स्थानीय सरकारका कामलाई थप प्रभावकारी बनाइने तथा बाँकी रहेको जनवर्गीय संगठनको एकीकरणको कामलाई समेत ३ महिने अभियानका क्रममा सम्पन्न गरिने जानकारी दिए । सो अभियान आगामी जेठ मसान्तसम्म सञ्चालन हुने बताइन्छ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...