×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणको विस्तारसँगै बजारमा सिटामोल अभावको हल्ला फैलिएको छ ।

Muktinath Bank

भारतले नेपालसहित अन्य देशमा २६ प्रकारका औषधिहरू निर्यातमा रोक लगाएको समाचारसँगै नेपालमा सिटामोल लगायतका अन्य अत्यावश्यक औषधिको आपूर्तिमा प्रभाव परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर नेपाल औषधि लिमिटडले भने आफुसँग कच्चा पदार्थ स्टक रहेकाले सिटामोलसहित अन्य ५ प्रकारका औषधिहरू बजारमा अभाव नहुने दाबी गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

नेपाल औषधि लिमिटेडले अहिले ५ प्रकारका औषधिको उत्पादन गरिरहेको छ जसमा सिटामोल, सिटाप्लस, जिवनजल, ग्लिसिरिन र डिस्टिल वाटर रहेका छन् ।

Vianet communication

‘हामीले लिमिटेडको तर्फबाट २ वर्षको म्याद भएका औषधिको उत्पादन गरिरहेका छौं, हामीसँग ५ टनभन्दा धेरै अहिले पनि कच्चा पदार्थ स्टक अवस्थामा रहेको छ,’ लिमिटेडका सूचना अधिकारी टिकाराम अर्यालले वताए ।

अर्यालका अनुसार लिमिटेडमा रहेको कच्चापदार्थबाट अहिले बजारमा रहेको सिटामोलको २५ प्रतिशत उत्पादन गर्न सकिन्छ । ‘अहिले सिटामोलको उत्पादन भइरहेको छ । हाम्रो उत्पादनले बजारमा हुन सक्ने अभावलाई घटाउन सक्छ । स्टक रहेको कच्चा पदार्थबाट १ करोड भन्दा धेरै ट्याबलेट उत्पादन गर्न सकिन्छ,' उनले भने ।

केही वर्षदेखि उत्पादन बन्द रहेको लिमिटेडलाई दुई वर्षअगाडि नविन्द्रराज जोशी उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री हुँदा पुनः सञ्चालन गर्ने निर्णय गरिएको थियो । त्यतिबेला सरकारले सरकारले लिमिटेडलाई १४ करोड ६५ लाख उपलब्ध गराएको थियो ।

अहिले लिमिटेडले मृगौलाको डायलासिस गर्न आवश्यक पर्ने हेमोडाइलासिस वाटर उत्पादनको तयारी अगाडि बढाएको छ ।

‘हामीले हेमोडाइलासिस वाटर उत्पादनको लागि ३ करोड बजेट व्यवस्था गरेर टेण्डर समेत आह्वान गरिसकेका छौं,' अर्यालले भने,'  अब यो छिट्टै नै कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्छ ।'

अर्यालका अनुसार गत आर्थिक वर्षमा लिमिटेडले ६० लाख बराबरको औषधि बिक्री गरेको थियो भने यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x