×

NMB BANK
NIC ASIA

सुकुम्बासी समस्याबारे सांसदले मागे मन्त्रीको जवाफ

चैत ३, २०७६

NTC
फाइल फोटो
Premier Steels

राष्ट्रिय सभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् ।

Muktinath Bank

सङ्घीय संसद, राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सांसदले  सुकुम्बासी  आयोग बनाइए पनिसमस्या ज्यूँका त्यूँ रहेको जनाउँदै सम्बन्धित मन्त्रीको जवाफ माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका खिमलाल भट्टराईले नेपालको भूमिसम्बन्धी समस्या लामो समयसम्म समाधान हुन नसकेको बताउँदै भूमिहीनका समस्यालाई समाधान नभएसम्म समाजवाद आउन नसक्ने ठोकुवा गरे ।


Advertisment
Nabil box
Kumari

 नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा पार्टीले  धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध आवाज उठाइरहेको भनी सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । 

Vianet communication

उनले थपे, 'महिनौंदेखि संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन, जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन्,   भ्रष्टाचार मौलाएको छ, महँगी, कालोबजारी बढ्दै गएको छ ।'

सांसद चक्रप्रसाद स्नेहीले वर्तमान निर्वाचन प्रणालीले गर्दा नै देशमा भ्रष्टाचार मौलाएको र देश धराशायी बन्दै गएको आरोप लगाउँदै संविधान संशोधन गरेर भए पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने माग गरे ।

सांसद इन्दु कडरियाले  भारतका कारण सिमानामा नेपाली जनताले भोग्नुपरेको समस्या समाधान गर्न संसद् र सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले ठेकेदारको लापरवाहीले हुलाकी राजमार्ग समयमै सम्पन्न हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए ।

उनले संविधानलाई संशोधन गरेर भए पनि सर्वसस्वीर्य बनाउनुपर्ने माग गरे ।

सांसद  विमला घिमिरेले कोभिड–१९ रोक्न नेपालको तराईका जिल्लाका खुला सिमानामा कडाइ गर्नुपर्ने बताइन् । 

सांसद हरिराम चौधरीले विभिन्न जिल्लामा अवैधानिक ढङ्गले वन फडानी भइरहेको सन्दर्भ उल्लेख गर्दै प्रभावकारी अनुगमन गरी  दोषीमाथि कडा कारवाहीको माग गरे ।

सांसद राधेश्याम पासवान र मायाप्रसाद शर्माले पछिल्लो समयमा भ्रष्टाचार बढ्दै गएको भन्दै अन्त्य गर्नुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x