किन आए अन्तर्राष्ट्रिय जहाज ?

फाइल तश्वीर

सरकारले चैत १० देखि १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार कतार एयरवेज, इत्तिहाद र कोरियन एयर प्रतिबन्धबीच नियमित समयमा झैं अवतरण भए।

सरकारले गैरसैनिक हवाई उडान ऐन, २०१५ प्रयोग गरी संक्रामक रोगको महामारी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेको हो। उल्लेखित जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कसरी अनुमति पाए त ?


Advertisement

नेपाल नागरिक उड्ययन प्राधिकरणका उप–निर्देशक त्रिलोचन पौडेलका अनुसार अन्तर्राष्ट्रिय मान्यताअनुरूप फ्रेटर जहाज, एयर एम्बुलेन्स र उद्धारका लागि आउने विमानलाई अवतरण अनुमति दिनुपर्छ। तर, उनीहरूले यात्रु ल्याउन पाउँदैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार नेपाल आएका जहाजले नेपालमा अलपत्र परेका केही यात्रुको उद्धार गर्ने अनुमति मागेका थिए। ‘उनीहरू यात्रु बोकेर आएका होइनन्, नेपालमा अलपत्र परेका उनीहरूका बुकिङका यात्रु लैजानका लागि आएका हुन्,’ विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले अन्नपूर्ण पोस्ट्सँग भने।


Advertisement

उद्धार, फ्रेट (कार्गो) र एयर एम्बुलेन्सले अनुमति मागेमा अवतरणका लागि अनुमति दिन नेपाल बाध्य छ। सोहीअनुसार कतार, कोरियन र इत्तिहादका जहाज सोमबार नेपाल आएका हुन्।

सरकारले मंगलबारदेखि देशभरि लकडाउन घोषणा गरेको छ। यस्तो अवस्थामा पनि यात्रु नल्याउने सर्तमा उद्धार, एयर एम्बुलेन्स या कार्गो बोक्ने प्रयोजनका लागि अन्तर्राष्ट्रिय वायु सेवाका जहाज काठमाडौं आउन सक्ने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।अन्नपूर्ण पोस्टमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्