टोक्यो र हङकङमा कोरोनाको दोस्रो लहरको चेतावनी

जापानको राजधानी टोक्योमा कोरोनाभाइरस विस्फोट हुन नदिनका लागि आइसोलेसन बढाउन लागिएको छ । अनि हङकङमा पनि संक्रमणको दोस्रो लहरको डर भएपछि स्वास्थ्य प्रणाली कोल्याप्स हुनबाट जोगाउन कर्फ्युको आह्वान गरिएको छ । 

टोक्योका गभर्नरले स्थानीयहरूलाई यस सप्ताहान्तमा कुनै पनि हालतमा घरबाट ननिस्कन भनेका छन् । स्थानीयहरूमा संक्रमण बढेको देखिएपछि त्यसलाई विस्फोट हुनबाट रोक्नका लागि मानिसहरूलाई घरैमा बस्न भनिएको हो । 


Advertisement

गभर्नर युरिको कोइकेले परिस्थिति निकै गम्भीर भएको बताइन् तर अन्य देशमा लागू गरिएजस्तो बन्दाबन्दी लगाउनका लागि आह्वान चाहिँ गरिनन् । 

बिहीवार सरकारी विज्ञहरूको एक टोलीले कोरोनाभाइरस संक्रमण जापानमा व्यापक बढेको आशंका व्यक्त गरे । यसपछि सरकारले आवतजावतमा नियन्त्रण बढाउने र सामाजिक दूरीलाई प्रोत्साहन गर्ने अनुमान गरिएको छ । 


Advertisement

यस्तै चिन्ता हङकङमा पनि व्यक्त गरिएको छ । त्यहाँ एक स्वास्थ्यविद्ले मानिसहरूलाई सामाजिक दूरी अपनाउन नलगाएमा त्यहाँको सार्वजनिक स्वास्थ्य प्रणाली नै कोल्याप्स हुने चेतावनी दिएका छन् । 

हङकङ विश्वविद्यालयमा संक्रामक रोग विशेषज्ञ हो पाक–लिउनले स्याथीय रेडियोसँग कुराकानी गर्दै हङकङमा कर्फ्यु वा लकडाउन शैलीको नियन्त्रण नगरिएमा गम्भीर परिणाम आउने बताएका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्