×

NMB BANK
NIC ASIA

युरोपमा फसेका नेपालीलाई सहयोग गर्न अपिल

चैत १४, २०७६

NTC
Premier Steels

 बिना भिसा युरोपेली मुलुकमा बसेका नेपालीलाई सहयोग गर्न सरकारले ईयू राष्ट्लाई पत्राचार गरेको छ। दूतावासमार्फत कूटनीतिक नोट पठाउँदै सरकारले महामारीको समयमा सहयोग गर्न औपचारिक आग्रह गरेको हो।

Muktinath Bank

स्पेन, पोर्चुगल, इटाली, जर्मनी, बेल्जियम र स्वीट्जरल्याण्ड लगायत युरोपेली मुलुकमा त्यस्ता नेपाली रहेको जानकारी दूतावासमा आएको भन्दै उनीहरुलाई ख्याल गरिदिन आग्रह गरेको हो। गैरआवासीय नेपालीले दिएको सूचनाको आधारमा युरोपमा रहेको सबैजसो दूतावासबाट आआफ्नो क्षेत्रमा पर्ने मुलुकलाई त्यस्तो पत्राचार गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरसको संक्रमण सुरु भएपछि एक अर्का मुलुकमा रहेका नागरिकलाई सबैखाले सहयोग र उद्धार गर्ने नीति अनुरुप नै त्यस्तो पत्राचार गरिएको पेरिस र जेनेभास्थित नेपाली दूतावासका अधिकारीले बताए। जेनेभा स्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले स्वीट्जरल्यान्ड र इटाली सरकारलाई लेखेको छ भने पेरिसस्थित दूतावासले पोर्चुगल र फ्रान्सलाई लेखेको छ। त्यस्तै स्पेनस्थित नेपाली दूतावासले पनि त्यहाँको सरकारलाई विशेष आग्रह नै गरेको छ।


Advertisment
Nabil box
Kumari

युरोपेली महासंघ (ईयू) का लागि नेपाली दूतावासले पनि त्यस्तै आग्रह बेनेलक्स मुलुकलाई गरेको छ भने डेनमार्कस्थित दूतावासले स्कन्डिभियन मुुलुकलाई गरेको छ। स्वीट्जरल्याण्ड र फ्रान्सका नेपाली दूतावासले यो कदम चालेपछि अन्यले त्यसलाई पछ्याएका हुन्। जर्मनी र बेलायतस्थित दूतावासले पनि त्यस्तो पत्राचार गरिसकेको छ। संक्रमणका बेला युरोपका सबैजसो मुलुक एक अर्कामा सम्पर्क विच्छेद झै छन्। त्यहाँ रहेका नेपालीले कुनै प्रकारको कठिनाइ भोग्न नपरोस भनेर सरकारको निर्देशन अनुरुप दूतावासले पत्राचार गरेको जानकारी दिइएको छ।

Vianet communication

परराष्ट्रसचिव शंकरदास बैरागीले सबै नियोगलाई सबैखाले नेपालीको अवस्थामा ध्यान दिन निर्देशन गएको र त्यही अनुरुप काम गर्न उहाँहरु स्वतन्त्र रहेको बताए। सबैले पठाएको कूटनीतिक नोटमा आइपरेको मानवीय समस्यामा भरथेग गरिदिन अनुरोध गरेका छन्। वैधानिक अवैधानिक जुन तरिकाले बसेका भएपनि मानवीय हिसाबमा उत्तिकै सहयोग आवश्यक पर्ने सचिव बैरागीले बताए।

अहिले युरोपका कुुनै पनि मुलुकबाट स्वदेश फर्कन सक्ने अवस्था छैन। उनीहरुको आग्रहपछि त्यहाँको सरकारले पनि नेपाली नियोगलाई आफ्ना नागरिकलाई पनि नेपालमा ख्याल गरिदिन भनेका छन्। कूटनीतिमा रेसिप्रोसिटी रहने हुनाले यसमा नेपालले आफ्नै नागरिक सरह नै सहयोग गर्ने बचन दिएको छ। खासगरी नेपाली कागजी प्रक्रिया पूरा गर्ने क्रममा रहेका र भिसा नभएका मात्र होइन घुम्न आएकालाई पनि ध्यान दिन दूतावासले भनेको छ।

इटाली, स्पेन, पोर्चुगलमा केही नेपाली कागजी प्रक्रियामा जोडिएका हुन सक्ने आँकलन दूतावासको छ। तिनलाई घर बाहिर निस्कन मुस्किल मात्र होइन पैसा अभावमा खान बस्न नै समस्या रहेको हुनसक्ने भन्दै त्यस्तालाई सहयोग गर्न दूतावासले पत्राचार गरेको हो। पछिल्लो समय साइप्रसमा रहेको नेपाली पनि त्यस्तै समस्यामा परेको अधिकारीको जानकारीमा आएको छ।

साइप्रसमा अध्ययनका लागि जाने र घरायसी कामदारको रुपमा जानेहरु अहिले समस्याका परेको अधिकारीले बताए। इजरायलले त्यहाँ हेर्ने हुनाले इजरायलबाट त्यस्तो पहल गर्न परराष्ट्र मन्त्रालयले यसअघि नै निर्देशन दिइसकेको भए पनि अझै त्यहाँको विषयमा सरकार स्पष्ट हुनसकेको छैन। नेपाली पनि कागज नबन्ला भन्ने पिरले अझै बाहिर आएका छैनन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x