×

NMB BANK
NIC ASIA

नेपाल लक डाउनको अमेरिकामा प्रशंसा

चैत १६, २०७६

NTC
Premier Steels

 काम गर्न सक्ने उमेरकी एक छोरी र करिब ११ वर्षका छोराका साथ एक दम्पती गत महिनाको दोस्रो साता संसारकै सपनाको देश अमेरिका उडे । त्यहाँको उन्नतिको चमक देखेर दङ्ग थिए ।

Muktinath Bank

तर एक्कासि चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) त्यहाँ पनि देखियो । अमेरिका पुग्दा कोरोना भाइरसको सामना गर्नुपर्ला भन्ने सोच परिवारका सदस्यमा एक प्रतिशत पनि थिएन । यतिबेला अमेरिकामा कोरोनाको कहर कहालिलाग्दो छ । एक लाख चार हजार २५६ बढीमा सङ्क्रमण देखिइसक्यो । एक हजार ७०४ को ज्यान गइसक्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकै दिन ३० हजार बढी सङ्क्रमित छन् । निको हुने निकै कम दुई हजार २२५ छन् । यो सङ्ख्या बिहीबारदेखि एक्कासि बढेको हो । 'कोरोनाको कहर देख्दा अमेरिकामा मर्न आइएछ कि जस्तो लाग्दैछ, यहाँ पूर्ण लकडाउन अझै गरेको छैन,' परिवारका एक सदस्यले भने।


Advertisment
Nabil box
Kumari

उनीहरूजस्तै कमाएकै पैसामा निर्भर हुनेको यहाँ विचल्ली छ । सहरमा त्रास छ । धेरैले काममा जान छाडे । नयाँ कामदारले छुट्टी पाउँदैनन् । त्यसैले जोखिममा छन् । खानेकुरा किन्न र हिँडडुल गर्न निकै डरमर्दो भएको छ । केही सहरका सीमामा लकडाउन छ ।

Vianet communication

उनका अनुसार अन्तर्राष्ट्रिय विमान उडान बन्द छ । आन्तरिक सुचारु छन् । जसले एक सहरको महामारी अर्को सहरमा सहजै पु¥याइरहेको छ । बजार, सुपरमार्केट जताततै विषादी छर्किइँदैछ । कतै गएर किनमेल गर्न पनि उस्तै भीड हुन्छ । सामान, मान्छे छुन डर लाग्ने भएको छ ।

चिन्ता नहोस् भनेर नेपालका परिवारलाई ‘राम्रै छौँ’ भन्ने सन्देश दिइरहेका छन् । नेपालमा खाने दाल, भात र तरकारीको स्वाद लिन पाएका छैनन् । त्यसैको शक्तिले नै नेपालीले अनेक रोगसँग लड्न सकेको उनी अनुमान गर्छन । 'बिहानै उठ्यो पाउरोटी खायो, कुद्यो,' उनी भन्छन् । नेपालमा घरैपिच्छेको पसल र आपसी सद्भावमै पैँचो चल्छ । अमेरिकामा त्यो हुन्न । भए खाने नत्र भोकै सुत्नुपर्छ । सडकमै अलपत्र परेकालाई पनि कसैले हेर्दैन ।

अमेरिकामा गत २० जनवरीमा वासिङ्टन डिसीमा पहिलो सङ्क्रमित फेला प¥यो तर अमेरिकी सरकारले त्यसलाई त्यति महìव दिएन । चीनको वुहानबाट सङ्क्रमण त्यता व्यापक रूपमा आउँदैन भन्ने आँकलन ग¥यो । सबै अन्तर्राष्ट्रिय उडान कायमै गरिए । जसले अत्यधिक छिटो सङ्क्रमण अमेरिकामा बढायो । न्युयोर्कमा अझ तीव्र भयो ।

वासिङ्टन डिसीमै बल्ल मङ्गलबारदेखि लकडाउन भयो । 'हामी घरमै छौँ, पसल र ग्यास स्टेसन खुलेका छन्, स्कुल–कलेज, होटल–रेस्टुरेन्ट बन्द छन्,' वासिङ्टन डिसीमा रहनुभएकी सुधा जिसीले भने। पछिल्लोपटक न्युयोर्क, क्यालिफोर्निया, न्युजर्सी, लुसियाना लगायतका केही सहर बन्द छन् तर आन्तरिक सवारी चलेका छन् । बाह्य सहर र प्रान्तसँग भने आवागमनमा रोक लगाइएको छ । हवाई उडान यथावत् छन् ।

उनले नेपालको तयारीको प्रशंसा अमेरिकीले गर्ने गरेको बत(ाउनुभयो । 'नेपालले पहिल्यै राम्रो तयारी गरेको छ, देश नै लक डाउनमा राखेर सङ्क्रमित खोेज्नु राम्रो कुरा हो,' उनले भने। अमेरिकामा रहेका नेपालीको यकिन तथ्याङ्क छैन । जसका कारण कहाँ कति जोखिममा छन्, पत्ता लाग्न सकेको छैन । करिब दुई लाख रहेको अनुमान छ ।

ढिलै भए पनि अमेरिकी सरकारले राहत रकम घोषणा गर्नुलाई सकारात्मक मानिएको छ । शुक्रबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेजको प्रस्तावमा सही गर्नुभएको जानकारी ट्विटरमा दिए। राहत प्याकेजको प्रस्तावमा सही गर्न उहाँलाई विपक्षी दल र नागरिकको तीव्र दबाब थियो ।

विश्वभर झन्डै छ लाख ९०१ सङ्क्रमित पुगेका छन्, जसमध्ये २७ हजार ४१७ को मृत्यु भएको छ । एक लाख ३३ हजार ४२६ उपचारपछि निको भए । अमेरिकापछि अहिले इटली सङ्क्रमणमा दोस्रो बढी छ । तेस्रोमा चीनको आँकडा छ ।  गोरखापत्र द‌ैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x