वुहानकी यी महिला हुन् कोरोनाभाइरसकी ‘पेसेन्ट जिरो’

विभिन्न समाचारहरूमा आएअनुसार, चीनको वुहान शहरमा समुद्री जीव श्रिम्प बेच्ने एक महिला कोरोनाभाइरस कोभिड–१९ की पहिलो संक्रमित हुन् । 

ती ५७ वर्षीया महिलालाई एक महिना पूरा उपचार गरेपछि निको भएकी थिइन् । चीनले संक्रमण रोक्न अलि छिटो कदम चालेको भए संसारभरि फैलिने थिएन भनी उनले प्रतिक्रिया दिइन् । 


Advertisement

द वाल स्ट्रीट जर्नलले ती महिलाको पहिचान वेइ गुइसियान भनी खुलाएको थियो । डिसेम्बर १० ताखिरमा उनले हुआनान सीफूड मार्केटमा श्रिम्प बेचिरहँदा रुघा लागेको थियो । 

उनी स्थानीय क्लिनिकमा उपचारका लागि गएकी थिइन् र उनलाई सुई लगाइयो । तर उनी कमजोर अनुभव गरिरहेपछि वुहानको इलेभेन्थ अस्पताल गइन् ।


Advertisement

उनलाई थकान अनुभव भइरहेपछि डिसेम्बर १६ मा त्यस क्षेत्रकै सबभन्दा ठूलो वुहान युनियन हस्पिटल गइन् । हुआनान बजारका अन्य पसलेहरूले त्यस्तै किसिमको लक्षण देखिएपछि त्यही अस्पताल पुगेका थिए । 

डिसेम्बर महिनाको अन्त्यमा चिकित्सकहरूले सीफूड मार्केटबाट कोरोनाभाइरस उत्पत्ति भएको पत्ता लगाए अनि वेइलाई क्वारेन्टाइनमा राखियो, चिनियाँ पत्रिका द पेपरले लेख्यो । 

अहिले जीवित पशुपन्छी बेच्ने त्यो बजार अनिश्चितकालका लागि बन्द गरिएको छ । 

वेइ जनवरी महिनामा निको भइन् । कोभिड–१९ की पेसेन्ट जिरोले बजारका मासुपसलेहरूले शेयर गर्ने शौचालयमा आफूलाई रोग लागेको हुन सक्ने बताइन् । आफू नजिकैका अन्य थुप्रै पसलेलाई पनि यो ज्यानमारा रोग लागेको उनको भनाइ छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्