पुस २, २०८०
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
चैत १६, २०७६
कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले पहुँच नभएका व्यक्तिको स्वास्थ्य जाँच नै नहुने गरेको आरोप लगाए । उनले राजधानीकै अस्पतालमा शंकास्पद व्यक्तिको कोरोना जाँच नगरिएको दाबी गरेका थिए ।
‘सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने पर्याप्त किट नै छैन । अझ खतरनाक कुरा जो जति किट छ रे त्यो खाली भीआईपीको लागि, त्यो कति सत्य हो त्यो चाहिँ भन्न सक्दिनँ,’ उनले सार्वजनिक कार्यक्रममै भनेका थिए । काठमाडौंमा वरिष्ठ चिकित्सकले व्यक्त गरेको समस्या प्रदेश २ मा समेत देखिएको छ ।
प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत जितेन्द्रप्रसाद यादव गत फागुन १० गते वैदेशिक भ्रमणको सिलसिलामा स्वीजरल्याण्ड गएका थिए ।
उनी फागुन १७ गते नेपाल फर्किए । स्वदेश फर्किएको लामो समयसम्म उनलाई केही भएन तर चैत्र ५ गतेतिर उनलाई सामान्य ज्वरो आयो ।
‘कतै आफूलाई कोरोनाको संक्रमण त छैन भनेर शंका लाग्यो,’ अधिकृत यादवले लोकान्तरसँग भने, ‘प्रादेशिक स्वास्थ्य प्रयोगशालामा आफ्नै साथी रहेका कारण कोरोनाको जाँचका लागि पुगें ।’ चैत्र ७ गते प्रादेशिक प्रयोगशालाका मेडिकल ल्याब टेक्निसियनले उनको स्वाब संकलन गरेर थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाए ।
‘अधिकृत यादवको थप जाँच सहितको नतिजा ‘नेगेटिभ’ नै आएको छ,’ ल्याब टेक्निसियन युगल किशोर यादवले भने, ‘हालसम्म प्रदेश २ बाट जति पनि स्वाब परीक्षणका लागि पठाइएको छ, सौभाग्यले सबैको नतिजा नेगेटिभ नै आएको छ ।’
लेखा अधिकृत यादव मुख्यमन्त्री कार्यालयका ‘भीआईपी’ व्यक्ति भएका कारण उनले चाहेकै बेला सामान्य ज्वरोमा पनि उनको कोरोना जाँच भयो । उनी नेपाल फर्किएको २० दिनपछि पनि ज्वरोको शंका लाग्दैमा उनको स्वाब संकलन गरेर परीक्षण समेत गरियो तर आमसर्वसाधारण भने कोरोना संक्रमण जाँचको पहुँचभन्दा धेरै टाढा छन् ।
कोरोना भाइरस संक्रमित युवतीसँगै कतारबाट विमानमा यात्रा गरेर नेपाल आएका प्रदेशका ३४ जना व्यक्तिमध्ये अधिकांशले कोरोना परीक्षण सुविधा पाउन सकेका छैनन् । उनीसँगै आएका महोत्तरी र धनुषाका अधिकांश व्यक्ति जिल्ला अस्पताल जलेश्वर र प्रादेशिक अस्पताल जनकपुर पुगे तर त्यहाँ उनीहरूको स्वाब संकलन गरिएन ।
कोरोना संक्रमितसँगै नेपाल आएका व्यक्तिहरूसँगै प्रादेशिक अस्पताल जनकपुर पुगेका अभियन्ता सरोज रायले भने, ‘उहाँहरूको ज्वरो मात्र नाप्ने काम गरियो, स्वाब संकलन गरिएन ।’ कतारबाट संक्रमित युवतीसँगै यात्रा गरेर आएका कतिपय व्यक्तिको ज्वरो समेत मापन नगरेर अस्पतालबाट सिधै फर्काइदिने गरेको उनले बताए ।
‘प्रादेशिक अस्पताल जनकपुर पुग्दा त्यहाँ कोरोना भाइरसको उपचार हुँदैन भनेर बिरामीलाई अस्पतालबाट फर्काइदिने गरिएको छ,’ रायले थपे, ‘कतिसम्म छ भने कुनै बिरामी आफू कोरोनको जाँच गराउन आएको भनेर भन्ने बित्तिकै चिकित्सकदेखि नर्ससम्म अस्पताल नै छाडेर भाग्ने गरेका छन् ।’
ज्वरोको समेत हुँदैन उपचार
धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदा उपचारका लागि चैत्र १४ गते प्रादेशिक अस्पताल जनकपुर पुगिन् । उनी शुरूमा जनकपुरको एक निजी अस्पताल गोदाबरी मोडर्न अस्पतालमा पुगेकी थिइन् । उनी त्यहीँ दिन भर्ना भएकी थिइन् तर उनको ज्वरो मापन गर्दा १०३.४ डिग्री देखिएपछि अस्पतालले कोरोना भाइरसको शंका गर्दै अस्पतालबाट रिफर गरिदियो ।
‘रिफर टु बेटर आइसोलेसन सेन्टर’ भन्दै निजी अस्पतालले रिफर गरिदिएपछि सदा प्रादेशिक अस्पताल जनकपुर पुगिन् । प्रदेश सरकारको मातहतमा रहेको सरकारी अस्पतालले उनको रिफर पत्र हेरेर चिकित्सक डराए । यति मात्र होइन, उनलाई अस्पताल भर्ना नै गरिएन । न त इमर्जेन्सी कक्षमा पस्न दिए, न त आईसीयू कक्षमा ।
अस्पतालमा उपस्थित १ प्रत्यक्षदर्शीका अनुसार प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले अस्पतालमा कोरोनाको उपचार नरहेको भन्दै धनुषाको गंगुलीस्थित मिथिला आयुर्वेद अस्पतालको क्वारेन्टाइनमा जान सुझाव दिए । ती महिला अस्पतालको इमर्जेन्सी कक्षको बाहिर छटपटाइ रहिन्, भुइँमै तड्पिरहिन् तर उनलाई भर्ना नै गरिएन ।
अस्पतालमा पनि ५ वटा शय्यासहित आइसोलेसन सेन्टर स्थापना गरिएको दाबी मुख्यमन्त्री लालबाबु राउतले चैत्र ११ गते जारी गरेको अपिल पत्रमा उल्लेख छ तर बिरामी सदालाई अस्पतालले भर्ना नै गरेन ।
उनी सर्वसाधारण दलित समुदायकी पहुँचविहीन महिला भएकै कारण उनलाई भर्ना गरिएन । ‘यति मात्र होइन, उनलाई अन्यत्र क्वारेन्टाइनमा लैजान पनि कुनै एम्बुलेन्स तयार भएनन्,’ ती प्रत्यक्षदर्शीले लोकान्तरसँग भने, ‘नजिकै रहेको जानकी मेडिकल कलेजको सिटी अस्पतालको ४० शय्याको आइसोलेसन सेन्टरमा समेत पुर्याउन कुनै पनि एम्बुलेन्स चालक तयार भएनन् ।’
अन्त्यमा बाध्य भएर हिँडेरै ती महिला अस्पतालबाट फर्किएकी थिइन् । त्यसपछि उनी कहाँ गइन् भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।
कोरोना परीक्षण गर्ने किटको अभाव
प्रदेशमा कोरोना जाँचका लागि नमूना स्वाब संकलन गर्ने स्थान प्रादेशिक प्रयोगशाला हो । प्रयोगशाला स्थापना हुन नसकेका कारण मातहतको अस्पतालमा नै पुगेर नमूना (स्वाब) संकलन गर्ने गरेको प्रयोगशालाका ल्याब टेक्निसियन यादव बताउँछन् ।
‘हामीले स्वाब संकलन गर्ने काममा कुनै पनि भेदभाव गरेका छैनौं,’ यादवले भने, ‘कुनै पनि अस्पतालले आएर संकलन गरिदिनुपर्यो भनेर हामीलाई खबर नै गरेका छैनन् ।’ खबर नै नआएपछि दोष लगाउनुको औचित्य नरहेको उनले बताए ।
प्रदेशका ८ वटै जिल्लाका लागि १५ वटा परीक्षण कीट बाँकी छ । शुरूमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १० वटा किट दिएको थियो । अहिले आएर सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति शाखाले समेत थप १० वटा किट उपलब्ध गराएको यादव बताउँछन् । ‘त्यसमध्ये २ जनाको स्वाब संकलन गरिएको छ, दुवैको नतिजा नेगेटिभ आएको छ,’ यादवले भने, ‘बाँकी ३ वटा किट २ दिनअघि रौतहटको निजी अस्पताल चन्द्रपुर अस्पतालमा पठाएका छौं ।’
चन्द्रपुर अस्पतालको परीक्षणको नतिजा भने नआएको उनले बताए ।
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...