मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
विज्ञहरूले नियमित घरभित्र बसेर केही सुरक्षाा सतर्कता अपनाए कोरोना विरूद्धको लडाईं जित्न सकिने बताएका छन् । जनस्वास्थ्य विद डा. रवीन्द्र पाण्डेले घरभित्र बसेर इम्युनिटी पावर बढाउनेतर्फ ध्यान दिए यो लडाईं जित्न सकिने बताएका छन् ।
डा पाण्डेले दिएका केही सुझावहरू :
–घरभित्र बसौं । अत्यावश्यक काम परेपनि घरभित्रबाट ब्यबस्थापन गरौँ । जे छ, त्यहि खाने गरौँ ।
–इम्युनिटी पावर बढाऔं । घरभित्र व्यायाम, योग ध्यान गरौँ । सहज उपलब्ध हुन्छ भने भिटामिन सि, बि -१२, बि ६, जिंक, भिटामिन –डी को सेवन गरौँ । यी हाम्रो खानाबाट पनि पाइन्छ । घाममा बसौं । सकेसम्म प्राकृतिक आहार, बिहार र आचार पालना गरौँ । मन रमाइलो राखौं । चिन्ता तथा तनावलाई ब्यबस्थापन गरौँ । पाहुना संस्कृति स्थगित गरौँ ।
–थोरै र आधिकारिक समाचार फलो गरौँ ।
–कोरोना संक्रमण बिरुद्ध काम गरिरहेका सबैलाई उत्साहित गरौँ ।
–कोरोना भाइरसको फैलाबट तीब्र छ । तर यसको मृत्युदर निकै कम छ । कोरोना संक्रमणबाट मर्ने भन्दा निको हुने तथ्यांक ठूलो छ । अधिकांश मृत्यु उन्मुख ( उमेर मात्र मृत्युको फ्याक्टर हैन ) व्यक्तिहरुको निधन भएको छ । बाँचेको तथ्यांक पनि हेरौं, जानौं ।
–संसारमा जहाँ बसेपनि नेपालीको इम्युनिटी पावर अरुको भन्दा फरक छ । हामी दिनभर हिंड्न सक्छौं, उकालो चढ्न सक्छौं, रुख चढ्न सक्छौं, भोकप्यास सहन सक्छौं, बिरामी हुँदा पनि काम गर्न सक्छौं, हाम्रो आहार पनि अरुको भन्दा फरक छ, हामी दुखमा पनि हाँस्न सक्छौं .... यी सयौं तथ्यले भन्छ, हामीलाई झ्याप्प कोरोना संक्रमण हुँदैन । भएपनि थाहै नपाइ सन्चो हुन्छ । हामीले अदुवा, बेसार, कागती पानी, ज्वानो खाएको भरमा इन्फ्लुएन्जालाई हराउन सक्छौं ।
–कोरोना संक्रमण अहिले शिखरमा पुगेको छ । शिखरमा पुगेपछि ओर्लिनु प्राकृतिक नियम हो । अब यो ओर्लिदै जान्छ । हाम्रो कठिन समय १ महिना बाँकी छ । त्यसपछि यसको संक्रमण नियन्त्रणमा आउँछ ।
–सामान्यतया भाइरसका ३ वटा सिजन हुन्छन । गर्मी सुरु हुने बेला, जाडो सुरु हुने बेला तथा बर्खा याममा । बर्खायाममा कोरोना संक्रमण नियन्त्रमा आउँछ । त्यो भन्दा पहिले गर्मीमा यसको प्रसार रोकिनेछ । यी मौसममा आउने नयाँ भाइरसले कोरोना भाइरसलाई अट्याक गर्दछन ।
–लामो समय भाइरस रहंदा हाम्रो शरीरले त्योसंग लड्ने एन्टीबडी तयार गर्छ । त्यसपछि कोरोना संक्रमणलाई हाम्रो शरीरले परास्त गर्छ । पहिले महामारी भएका रोग अहिले हराउनुको प्रमुख कारण यहि हो । हाम्रो शरीरले आफुलाई बचाउने प्रणाली बिकास गरेको हुन्छ । त्यसैले आफूभित्र रहेको त्यो शक्तिलाई विश्वास गरौँ ।
–केहि समय पछि कोरोना संक्रमण सामान्य रुघाखोकीजस्तो हुनेछ । यो महामारी इतिहास हुनेछ ।
–१ महिना आफुलाई रक्षा गरौँ, त्यसपछि हाम्रो शरीरले हामीलाई रक्षा गर्छ । आफुलाई रक्षा गर्ने ठूलो अस्त्र आत्मबल हो । आत्मबलले क्यान्सरजस्ता असाध्य रोग निको गर्छ भने कोरोना त भेल मात्र हो । भेल उर्लेर आउँछ, सुकेर जान्छ ।
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...