×

NMB BANK
NIC ASIA

पूर्व राष्ट्रपतिपुत्र डा. चन्द्रमोहन भन्छन्– ‘कोरोनाविरुद्ध स्वयंसेवक बनेर खटिन तयार छु’

चैत १६, २०७६

NTC
Premier Steels

पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवले कोरोनाविरुद्धको महामारीमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

Muktinath Bank

मानवतामाथि अदृश्य वस्तुको आक्रमण भएका बेला चिकित्सकका रूपमा स्वयं सेवक बनेर खट्न तयार रहेको उनले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आफू एउटा चिकित्सक भएका कारण यो महामारीलाई नियन्त्रण तथा न्यून गर्नका लागि स्वयंसेवकको रूपमा चिकित्सकीय काम गरेर सहयोग गर्न तयार छु,’ डा. यादवले लोकान्तरसँग भने, ‘मानवतामाथि नै संकट परेको तथा सम्पूर्ण मानवतामाथि अदृश्य वस्तुको आक्रमण भएका बेला चिकित्सकको रूपमा भोलेन्टिर बनेर खट्न तयार छ ।’


Advertisment
Nabil box
Kumari

उनकी श्रीमती डा. रश्मी यादव समेत चिकित्सक हुन् । उनी स्त्री तथा प्रसुती रोग विशेषज्ञका रूपमा प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत छन् ।

Vianet communication

‘श्रीमती, सन्तान समेत जनकपुरमा नै रहेका कारण सकभर प्रादेशिक अस्पताल जनकपुरमा नै प्रदेश सरकारले मबाट काम लिन सक्नेछ,’ डा.यादवले भने, ‘नभए नेपाल सरकारले काठमाडौ वा अन्य स्थान जहाँ आवश्यक लागे पनि उपयोग गर्न सक्नेछ ।’ 

मानव सेवा नै अहिलेको सबैभन्दा ठूलो धर्म मात्र नभई एउटा नागरिकको हैसियतले कर्तव्य समेत ठानेर आफू त्यसका लागि हरपल तयार रहेको उनले बताए ।

पूर्वसभासद समेत रहेका कांग्रेस नेता डा. यादव रेडियोलोजिस्ट हुन् । हाल उनले जनकपुरको एउटा निजी क्लिनिकमा उनी पार्टटाइम काम समेत गर्दै आएका छन् ।

‘रेडियोलोजिस्टका रूपमा सरकारलाई सहयोग गर्न तयार छु, त्यसबाहेक एउटा तालिम प्राप्त चिकित्सक भएका कारण अस्पतालले आफूलाई अन्य मेडिकल काममा समेत उपयोग गर्न सक्नेछन्,’  उनले भने, ‘तर, त्यसका लागि सरकारले सुरक्षाका समेत सामग्री भने उपलब्ध गराउनुपर्ने हुन्छ ।’ 

वैज्ञानिक तरिकाले बनाइएको ३ तहको पर्सनल प्रोटेक्सन इक्विपमेन्ट पीपीई भने उपलब्ध गराउनुपर्ने हुन्छ । स्रोत साधन सम्पन्न शक्तिशाली तथा विकसित मुलुकमा समेत ती साधन उपलब्ध हुँदाहुँदै पनि कोरोना संक्रमितको उपचारमा खटेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू समेत संक्रमित भएर आफ्नो ज्यान गुमाएका छन् ।

‘नेपालमा अहिलेसम्म भगवानले भनौं वा कोरोनाले नै कृपा गरेको हो कि जस्तो लाग्छ, मानिसहरू अहिले मृत्युको मुखमा पुगेका छैनन्,’ उनले थपे, ‘तर, त्यस्तो स्थिति नआउला भनेर भन्न पनि सकिन्न ।’  

प्रदेश २ मा अहिलेसम्म प्रादेशिक सरकारको तयारीबारे आफूले कुनै पनि अनुभूति गर्न नसकेको उनी बताउँछन् । युद्धस्तरमा तिनै तहका सरकारले तयारी गरेर स्रोत साधन उपलब्ध गराइसकेको हुनुपर्ने भएपनि नेपालमा हालसम्म खासै तयारी नदेखिएको उनी बताउँछन् ।

‘मेरो श्रीमती प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत हुनुहुन्छ,’ उनले भने, ‘तर, त्यहाँ चिकित्सकलाई सुरक्षा कवचका कुनै पनि सामग्री प्रदान गरिएको छैन । न मास्क न ग्लोभ्स दिइएको छ, पीपीईको त झन कुरै नगरौं ।’ 

‘बिरामीलाई उपचार गर्ने चिकित्सकलाई नै सुरक्षाका सामग्री दिइएन र उपचारमा संलग्न गराइयो भने चिकित्सक पनि संक्रमित हुने खतरा छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा एउटा मात्र चिकित्सक संक्रमित भयो भने अर्को चिकिसक पनि डराउने छन् र हतोत्साहित भएर उपचारमा नखटिन पनि सक्छन् ।’ 

आफू राजनीति गर्नका लागि, सस्तो लोकप्रियताका लागि नभएर मानवताका लागि अस्पतालमा सम्पूर्ण समय दिन तयार भएको उनी बताउँछन् ।

‘मैले सामाजिक सञ्जालमा समेत उक्त कुरा लेखेको छु,’  उनले भने, ‘तपाईंको सञ्चार माध्यममार्फत समेत उक्त कुरा सार्वजनिक गर्न चाहन्छु ।’ 

प्रदेश सरकार मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले कहिले फोन गरेर बोलाउँछन् भन्ने कुराको प्रतीक्षामा आफू रहेको उनले बताए । 

जनकपुरको अस्पताल रोडस्थित आफ्नो क्लिनिकमा उनी बिहानदेखि साँझसम्म बस्दै आएका छन् ।

रेडियोलोजी विशेषज्ञका रूपमा उनले सिटी स्क्यान, अल्ट्रासाउन्ड, एमआरआईको परीक्षण गर्छन् ।

दिनभर चिया पसलमा बसेर गफ हान्नुभन्दा आफ्नो परिवारको पालनपोषण गर्न तथा ज्ञानको समेत उपयोग गर्नका लागि  १ वर्ष अघिदेखि चिकित्सा पेशामा फर्किएको उनी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x