पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सरकारी खर्चमा नेपालगञ्जबाट हुम्लाका एक सय भन्दा बढी नागरिकलाई हुम्ला पठाएको खुलेको छ ।
नेपालगञ्ज एअरपोर्टमा कुवेत, दुबई, भारत तथा नेपालका अन्य शहरबाट आएका हुम्ली विद्यार्थी तथा नागरिकलाई मन्त्री रावलले सरकारकै खर्चमा उद्दार गरी हुम्ला पुर्याएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
सत्तारुढ दलका सांसदहरुको समेत तारो बनेका मन्त्री दल रावलले एक सय भन्दा बढी नागरिकलाई केही दिन पहिले उद्दार गरी हुम्ला पठाएका थिए । आज सोमवार पनि तीन गाडीमा एक सय भन्दा बढी नागरिकलाई मुगुको लागि गाडी नै रिर्जव गरी पठाइएको र उक्त गाडी कालिकोटको मान्म भन्दा अगाडि पुगिसकेको स्रोतले दाबी गएको छ ।
विमान नचलेको अवस्थामा हुम्लाका नागरिकहरु मुगु भएर पैदल जाने गरेका छन् । मुगुका स्थानीय प्रकाश बहादुर शाहीका अनुसार प्रदेश सरकारले हुम्ला जाने गाडीलाई सबै व्यवस्था गरेको छ ।
‘उहाँहरुलाई पानीसम्म पनि प्रदेश सरकारले व्यवस्था गरेको रहेछ । गाडी रिर्जव पनि प्रदेश सरकारले नै गरेको हामीले थाहा पायौं,’ उनले भने, ‘हामी पनि अहिले उहाँहरु भन्दा पछि नै छौं । प्रदेश सरकारको सामाजिक विकास मन्त्रीज्यूले नै उहाँको उद्धार गर्नु भएको रहेछ ।’
उनीहरूले २२ सय पर्ने बस भाडामा ४२ सय रुपैंया तिरेर जान लागेको लोकान्तरलाई बताए । ‘हामीले धेरैसँग आग्रह गर्यौं । प्रदेश सभा सदस्य चन्द्रबहादुर शाहीलाई पनि बारम्बार मुगुसम्म पुर्याईदिन आग्ह गरेका थियौं,’ उनले भने, ‘सरकारले केही सहयोग नगरेपछि हामी आफ्नै खर्चमा महंगो भाडा तिरेर मुगु फर्किएका हौं ।’
उनले आफूहरु मन्त्रीविहिन जिल्लाको भएका कारण प्रदेश सरकारबाट राहत नपाएको बताए ।
यता, प्रदेश सभा सदस्य चन्द्रबहादुर शाहीले पनि सरकारका मन्त्रीहरुले आफूलाई ढाँटेको बताए । ‘मैले मन्त्रीसँग कुराकानी गरेको थिएँ । कम्तीमा हुम्लाका नागरिक पठाउँदा मुगुका नागरिकलाई पनि जाने व्यवस्था गर्नुहोला । १४ दिन सुर्खेतमा क्वारेन्टाइनमा राखेर त्यसपछि पठाइदिनुहोला,’ उनले लोकान्तरसँग फोनमा भने, ‘तर मलाई आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ढाँटे । यसरी आफ्नै गाउँका मतदातालाई उनीहरुले जिल्ला पुर्याए । पद र शक्तिको दुरुपयोग गर्नसम्म गरे ।’
सांसद शाहीले सरकारले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई मात्रै आफन्त ठानेकोमा आपत्ति जनाउँदै सबै कर्णालीबासीलाई एकै व्यवहार प्रर्दशन गर्न सरकार असफल भएको आरोप लगाए । ‘कम्तीमा हामी पनि जनप्रतिनिधि हौं । कर्णालीमा कोरोना भित्रिएको खण्डमा के होला भन्नेतिर भन्दा पनि कसरी आफ्ना भोटरहरु घर पुर्याउने र सदावहार नेता भइरहने तिर उहाँहरुको ध्यान गयो,’ सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य शाहीले भने, ‘कम्तीमा वास्तविक समस्यामा परेकाबाहेक अन्यलाई किन लगियो सोचनीय विषय छ ।’
उनले सरकारी सम्पतिको प्रयोग गरेको बताउँदै सामाजिक सञ्जालमा मन्त्री रावलले सहयोग गरेको भनेर प्रचार गरिएको स्मरण गर्दै थपे, ‘उहाँले आफ्नै खर्चमा उद्दागरेको भए ठिकै हुन्थ्यो । राज्यको पैसाबाट त्यसरी खान बस्न देखि पानीको बोत्तलसम्म खरिद गरेर दिन मिल्दैन । मन्त्री रावलले बिहानबाट मेरो फोन उठाउन छोडेका छन् ।’ संसदीय दल र सदनमा सरकारका मन्त्रीहरुले गरेको यो व्यवहारको कडा रुपमा आलोचना गर्ने तयारी गरेको उनको भनाइ छ ।
२२ सय भाडा लाग्ने मुगुका लागि ३५ सय भन्दा बढी थप रुपैयाँ तिरेर नागरिक मुगु पुगेको बताउँदै उनले काखा र पाखा गर्ने सरकारको प्रवृत्ति गलत भएको आरोप लगाए ।
यस विषयमा कुरा गर्न खोज्दा सामाजिक विकास मन्त्री दल रावलले फोन उठाएनन् । स्मरण रहोस, प्रदेश सरकारले पठाएका बसहरु दैलेखका सिडियोले बिहानै पठाइदिएका थिए ।
तर प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेबाट पास लिई गएका गाडीहरु कर्णाली राजमार्ग भएर निर्वाध रुपमा चलिरहेका छन् । लकडाउनको अवस्थामा प्रदेश सरकारले नागरिकलाई कोरोनाबाट बचाउन अनिवार्य रुपमा क्वारेन्टाईनइमा बसाल्नुपर्नेमा नबसालेको भन्दै सरकारको कर्णालीमा चर्को आलोचना भइरहेको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...