×

NMB BANK
NIC ASIA

तपाईं एकदिनमा कति नुन खानुहुन्छ ?

चैत १८, २०७६

NTC
Premier Steels


अति भएपछि जेले पनि खति गर्छ । हामी नेपालीहरू स्वादे जिभ्रो हुने नाममा उपरीमाथि थुपरी नुन खान्छौं । नुनमा पाइने सोडियमले रक्तचाप बढाउँछ जसले मुटुरोग र हृदयघात निम्त्याउँछ ।

Muktinath Bank

त्यसैले विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको जम्मा एक चम्चा नुन हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नुनमा सोडियम र क्लोराइड दुवै पदार्थ पाइन्छ । नुनमा सोडियम ४० प्रतिशत हुन्छ । तर आजकलका मान्छेले जंक फूडहरू खाँदा असाध्यै धेरै नुन शरीरमा हुलिरहेका हुन्छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैले हामीले खानामा व्यापक परिवर्तन गर्नु जरूरी हुन्छ । हामीले खाने धेरैजसो तरकारीहरूमा आफैं सोडियम हुन्छ । त्यसमा नुन हालेर सोडियमको मात्रा बढाइरहनु आवश्यक छैन । पूरै अलिनो नै खाने सुझाव त होइन तर मधुरो मात्रामा नुन खाने सल्लाह चाहिँ सबै पोषणविद्ले दिन्छन् ।

Vianet communication

हुन त सोडियम शरीरलाई नभई नहुने पदार्थ हो । यसले शरीरमा पानीलाई बाँधेर राख्छ अनि कोषिकाहरूबीचका तरल पदार्थलाई सन्तुलनमा राख्छ । यसले कोषिकाहरूको विद्युतीय गतिविधिलाई कायम राख्न पनि मद्दत गर्छ जसले गर्दा नसा, मांसपेशी र शरीरका अन्य अंगका गतिविधि सुसञ्चालन हुन्छन् ।

तर यही सोडियम धेरै लिइयो भने रक्तचाप बढ्छ र मुटुलाई सबैतिर रगत पु-याउन अतिरिक्त मेहनत गर्नुपर्छ । उच्च रक्तचापले मुटुरोग, मृगौला रोग जस्ता जटिल बिमारीहरू निम्त्याउँछ ।

बजारमा पाइने नुन समुद्रबाट निकालेर प्रशोधन गरिएको नुन हो । यो सेतो नुन त ह्वाइट प्वाइजन नै हो । यसको साटो सम्भव भएसम्म बीरे नुन खाने सललाह दिइन्छ ।

एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x