×

NMB BANK
NIC ASIA

चिकित्सक भन्छन् : मृत्यु भएका सबै कोरोना संक्रमित हुँदैनन्

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 अन्य रोगले मृत्यु भएकालाई कोरोना भाइरस संक्रमण (कोभिड–१९) कै कारण मृत्यु भएको भन्दै अफवाह नफैल्याउन चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जोसुकैको मृत्यु कोरोनाकै कारण भएको भन्दै अफवाह नफैल्याउन सुझाव दिएका हुन् ।

Muktinath Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले गाउँगाउँमा कोरोना फैलिएको भन्दै भ्रम सिर्जना नगर्न आग्रह गरे । उनले भने, ‘थुकको छिटाबाट पनि यो सर्छ । बरु सामाजिक दूरी कायम गरेर बस्नुस् तर गाउँगाउँमा फैलिसकेको छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृत्युु भएकामध्येको नमुना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै अन्य रोगका कारण मृत्यु भएकालाई कोरोनासँग नजोड्न आग्रह गरे । दुबईबाट नेपाल आएर बुटवलको कोरोना अस्पतालमा उपचार गराएका एक व्यक्तिको मृत्युलाई पनि कोरोनास्रँग जोडिएको थियो । तर, उनको रिपोर्ट कोरोना नेगेटिभ देखिएको थियो ।


Advertisment
Nabil box
Kumari


डा. कार्कीले भने, ‘कोरोना संक्रमितहरू ८० प्रतिशतलाई सामान्य सुक्खा खोकी, ज्वरो, अन्य समयमा लागेको रुघाखोकीभन्दा कम खालको बिरामी हुन्छन् र १५ प्रतिशतलाई कडा खालको रुघाखोकी लाग्छ, पाँच प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ ।’

Vianet communication
Laxmi Bank

अहिले सर्वसाधारणलाई ‘कोरोना फोबिया’ भएको पाइएको छ । सामान्य रुघाखोकी लागेका र ज्वरो आएका बिरामीहरू पनि अत्तालिँदै अस्पताल पुग्ने गरेका छन् । चिकित्सकहरू भने सतर्क रहन आग्रह गर्दै नआत्तिन सुझाव दिन्छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यो समय फ्लु भाइरस सक्रिय हुने समय रहेको बताए । उनले भने, ‘फ्लुको टेस्ट नगरेर कोरोना टेस्ट भइरहेको छ । फ्लुको कारणले पनि दीर्घ रोगीहरूलाई जटिलता ल्याई मृत्यु भएको पनि हुन सक्ने देखिन्छ ।’ उनले फ्लु र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुने बताए ।

कोरोना संक्रमण भएका देशबाट आएका व्यक्तिहरूलाई सरकारले निगरानीमा राखेको छ । कोरोना संक्रमण प्रभावित देशबाट आएका नागरिकलाई सरकारले संवेदनशील हुन आग्रह गरेको छ ।

सरकारले विदेशबाट नेपाल आएका ४१ हजार १ सय ४ जना व्यक्तिको विवरण संकलन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएका र प्रभावति देशबाट आएका उनीहरूको विवरण संकलन गरेर निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘बाहिरबाट आउनुभएका व्यक्तिहरूको ट्रेसिङ गरेर लिखित विवरण अद्यावधिक भइसकेको छ । नमुना परीक्षण गर्दा ट्रेसिङ गर्न सजिलो हुन्छ ।’

हालसम्म पाँच जनाको रिपोर्ट पोजेटिभ आएकामा एक जना निको भएर घर फर्किसकेका छन् । हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९ सय ९३ जनाको नमुना परीक्षण भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको कल सेन्टरमा १ हजार ३ सय कल आएका छन् । आइसोलेसनमा ९३ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पाटनमा मृत्यु भएका एक पुरुषको नमुना परीक्षण जारी छ । वीर अस्पतालमा दुई जनाको मृत्यु भएका दुवै जनाको नमुना परीक्षण भएको तर रिपोर्ट नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक जना ज्वरोसहित उच्च रक्तचापको समस्या रहेका र अर्का एक जनामा पनि ज्वरो देखिएको थियो ।

सबै प्रदेशमा १ हजार सेटका दरले पीपीई र १० हजार सेट मास्क, २० हजार गगल्स पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रयोगशालामा नमुनाको दायरा फराकिलो बनाइएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । उनले भने, ‘धरानमा १९ वटा नमुना परीक्षण भइसकेको छ । नमुना परीक्षण सम्वन्धमा पाँच वटा मेसिन र रिएजेन्ट आइसकेको छ । हाललाई धनगढी, सुर्खेत, बुटवल र जनकपुरमा विस्तार गर्ने योजना बनाएका छौं ।’ उनले रिएजेन्टको टेम्पेचर मेन्टर गर्ने भएकाले केही ढिलो भएको बताए ।

फ्लु र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुन्छ : डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ
यो समय फ्लुको भाइरस सक्रिय हुने समय हो । फ्लु र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुन्छ । फ्लुको कारण दीर्घ रोग हुने सम्भावना रहन्छ । र, दीर्घ रोगीहरूलाई फ्लुको संक्रमणले जोखिम हुने सम्भावना हुन्छ । मृत्यु भएकाहरूमध्येको कोरोना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको सुनिएको छ । अरू कुनै कारणले पनि मृत्यु भएको हुन सक्छ । अहिले फ्लुको टेस्ट नगरेर कोरोना टेस्ट हुने गरेको छ । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x