×

NMB BANK
NIC ASIA

लक–डाउनका कारण अलपत्र नेपालीलाई भारतीयको भोजन

चैत १८, २०७६

NTC
Premier Steels

 छिमेकी भनेका मर्दापर्दाका सहयोगी हुन्। त्यस्तै व्यवहार सीमामा अलपत्र नेपालीले पाएका छन्। भारतको विभिन्न स्थान (दिल्लीबाट आएका अधिकांश) बाट नेपाल फर्कंदा सीमामा अलपत्र परेका नेपालीलाई सीमावर्ती भारतीयले भोजन दिन थालेका छन्।

Muktinath Bank

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमाबाट मालवाहक गाडीबाहेक आवतजावत पूरै ठप्प छ। बजार र पसल पनि बन्द छन्। लकडाउन भए पनि अनेक उपायबाट नेपाली घर फर्किन नेपाल-भारत सीमामा आइरहेका छन्। रोजगारीका लागि भारतका गएका नेपाली अझै फर्कने क्रममा छन् । सीमा पुगेका केहीसगँ थोरै रकम छ भने केही बेखर्ची भइसकेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालबच्चासहित घर पुग्ने आसमा दिल्लीबाट सीमामा आइपुगेका नेपालीलाई भोकै देखेपछि स्थानीय भारतीयले भोजनको व्यवस्था गरेका हुन्। भोजन वितरणमा भारतीय सुरक्षाकर्मीले पनि सघाएका छन्। नौतनवाका सीओ राजुकुमार साव र महाराजगन्जका उप जिल्ला अधिकारी जसधीर सिंह पनि नेपालीलाई खाना वितरण, व्यवस्थापनमा खटिएका छन्।


Advertisment
Nabil box
Kumari

लकडाउनले दिल्लीमा अलपत्र परेका आफ्ना बासिन्दा ल्याउन उत्तार प्रदेश सरकारले दिल्लीमा एक हजार बस पठाएको थियो। सोही बसमा घर फर्किने आसमा नेपाली पनि नेपाल-भारत सीमामा आइपुगेका हुन्। सीमावर्ती भारतीय बजार सुनौलीको बसपार्कमा करिब ३ सय ७० नेपाली अलपत्र छन्। यीमध्ये करिब २५÷३० जना शनिबार राति आएका हुन् भने बाँकी आइतबार राति आएका हुन्। उनीहरु विभिन्न जिल्लाका छन्। सोमबार दिउँसो २ बजेसम्म उनीहरुलाई मुलुक प्रवेश अनुमति दिइएको थिएन।

Vianet communication

‘भारतको विभिन्न सहरबाट आएका नेपाली अहिले सीमावर्ती भारतीय बजारमा छन्,’ रूपन्देहीको इलाका प्रहरी कार्यालय प्रमुख इन्सपेक्टर इश्वरी अधिकारीले भने, ‘हालसम्म उनीहरुलाई मुलुक प्रवेश गर्न दिन हामीलाई निर्देशन आएको छैन।’ सीमामा नेपालीलाई अलपत्र र भोकै देखेपछि खाना खुवाउन थालेको भारतीय बजार सुनौली नगर पञ्चायतका सभासद गुफरान खानले बताए। ‘नेपालीहरु पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन्,’ उनले भने, ‘समस्यामा परेर टाढाटाढाबाट राति आइपुगेका नेपालीहरुलाई बिहानसम्म भोकै बसेको देखेपछि हामीले खाना खुवाउन शुरू गरेका होँ।’

उनले थपे, ‘वर्षौंदेखि हामी दुई देशका नागरिकबीच सम्बन्ध रहँदै आएको छ। आज हाम्रो देशमा रहेका नेपाली नागरिक समस्यामा परे भनेर हामी भाग्ने होइन सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाले अघि बढेका हौँ।’ आइतवार पनि सीमामा अलपत्र परेका नेपालीलाई नेपाल र भारत दुवै देशका स्थानीयले संयुक्त खाना खुवाएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x