×

NMB BANK
NIC ASIA

२२ मुलुकबाट आएका ५ सय ६९ जना क्वारेन्टाइनमा

चैत १९, २०७६

NTC
Premier Steels

विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाको पहिचान भएको हो । कोरोना सङ्क्रमण फैलिएका मुलुकबाट उनीहरू झापा फर्किएका हुन् ।
 
विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५६९ जनामध्ये ९८ जनालाई मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट आएका ४६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । जसमध्ये ३ जनालाई मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।

Muktinath Bank

उहाँका अनुसार सबैभन्दा बढी भारतबाट ३११, दुवईबाट ११५ र कतारबाट ७८ झापा आएका छन् । साउदी अरब र अस्टे«लियाबाट नौ–नौ जना, मलेसियाबाट सात, बहराईन र हङकङबाट पाँच–पाँच जना झापामा आएका छन् । सङ्क्रमणको जोखिम मोल्दै फ्रान्स, इटाली, कोरिया, रोमानिया, बङ्गलादेश, जापान, अमेरिकालगायत २२ देशबाट नेपालीहरू झापामा आएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाल गृहमा खाद्यान्न अभाव


Advertisment
Nabil box
Kumari

झापाको मेचीनगर–७ पुरानो भन्सारमा रहेको जागृति बाल उद्धार केन्द्रमा अत्यावश्यक खाद्यान्नको अभाव भएको छ । बाल गृहमा १४ जना बालवालिकाले आश्रय लिएका छन् । लकडाउनका कारण दाल, चामल लगायत अत्यावश्यक खाद्यान्न सकिएको सञ्चालक समितिका अध्यक्ष अर्जुन देबकोटाले बताए ।

Vianet communication

चामलको ‘स्टक’ रित्तिएर आजै बेलुका आश्रित बालवालिकालाई पकाएर खुवाउने अन्न नभएको जनाउँदै उहाँले दाताहरुबाट तत्काल सहयोगको याचना गरिएको बताए । सात वर्षदेखि सञ्चालित सो बालगृहमा रहेका ६ वर्षदेखि १८ वर्षसम्मका असहाय बालवालिकाले बालगृहमा बसेर स्थानीय विद्यालयमा पढ्दै आएका छन् ।

बुद्धशान्ति र विर्तामोडमा राहत कोष

झापाको बुद्धशान्ति गाउँपालिकाले कोराना भाइरसविरुद्ध उच्च सतर्कताका लागि रु ३७ लाख ५० हजार र विपन्नलाई राहतका लागि रु १० लाखको बजेट छुट्याएको छ  । विगत १५ दिनमा विदेशबाट आएका ९१ जनालाई होम क्वारेन्टाइनमा छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखेर पिपिईसहित स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गरिरहेको पालिकाका अध्यक्ष रमेश भूजेलले बताए । 

विर्तामोड नगरपालिकाले रु ५० लाखको आकस्मिक राहत कोष स्थापना गरेको छ । सो कोषमा नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलगायतले एक महिनाको तलब जम्मा गर्ने भएका छन् । कोषबाट क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न र नगरभित्रका विपन्न समुदायलाई राहतका लागि खर्च गरिने नगरप्रमुख ध्रुव शिवाकोटीले बताए ।चन्द्रकला भण्डारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x