×

NMB BANK
NIC ASIA

जिप्रका सुर्खेतको लापरवाहीले तीन थुनुवा फरार, विहान सातबजे मात्रै प्रहरीले थाहा पायो

चैत २०, २०७६

NTC
Premier Steels

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे थुनुवा कक्षबाट तीन जना कैदी फरार भएका छन् । राती एक बजे नै झ्याल उक्काई फरार भएपनि प्रहरीले भने बिहान ७ बजेमात्रै थाहा पाएको थियो ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय सुर्खेतको पक्की थुनुवा घरको पछाडी पट्टीको झ्याल नै उक्काएर तीन जना ब्राउन सुगर लागु औषध मुद्दामा पक्राउ परेकाहरू आज राती भागेको प्रहरी श्रोतले जानकारी दिएको छ । तीन जना थुनुवाहरू भागेपछि कोरोना विरुद्ध लडिरहेको प्रहरीको ध्यान भंग भएको छ भने जिल्ला प्रहरी कार्यालय भित्र ठूलै हडकम्प मच्चिएको जिल्ला प्रहरी कार्यालय श्रोतको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत २० गते राती जिल्ला प्रहरी कार्यालय पछाडीतर्फको झ्याल उक्काई फरार हुनेहरू मा दुइ जना चैत १६ गते मात्रै प्रहरीले ब्राउन सुगर लागुऔषधसहित नियन्त्रणमा लिएको थियो । वीरेन्द्रनगर ६ का २६ वर्षीया रोशनराज रेग्मीलाई चैत १६ गते प्रहरीले ४ ग्राम १५० मिलिग्रम लागु औषधसहित पक्राउ गरेको थियो । यस्तै सोही मितिमा  वीनपा ६ कै २० वर्षका सुनिल थारुलाई १२० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।


Advertisment
Nabil box
Kumari

भेरीगंगा नगरपालिका निवासी हाल वीरेन्द्रनगर ११ मा बस्दै आइरहेका २१ वर्षका सन्देश केशरा पनि फरार भएका छन् । २०७६ फागुन २५ गते उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ ग्राम २०० मिलिग्राम ब्राउन सुगर लागुऔषधसहित पक्राउ गरेको थियो । यी तिनैजना उक्त थुनुवा कक्षबाट फरार भएका हुन्।

Vianet communication

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम सूचना अधिकारी गोपाल रायमाझी तथा प्रहरी प्रमुख एसपी दिल्लीराज पन्तलाई यसबारेमा बुझ्न बारम्बार फोन गर्दा पनि उठेन ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लोकराज तिमिल्सेनाले तीन जना फरार भएको पुष्टि गरे । उनले थुनुवा कसरी फरार भए, गल्ती कसको हो भन्ने पत्ता लगाउन आजै छानविन समिति समिति गठन गर्ने बताए ।

‘छानविन समितिले सत्यतथ्य बुझेर गल्ती कसबाट भएको हो कारवाहीको लागि सिफारिस गरेपछि हामी माथि पठाउँछौं, माथिबाटै दोषीमाथि कारवाही हुन्छ,’ उनले भने, ‘कार्यालय खुलेपछि कसको नेतृत्वमा समिति गठन गर्ने भन्ने कुरा एसएसपी साबसँग बसेर कुरा हुन्छ । अनुसन्धानकालागि पाँच दिन वा सात दिन कति दिन म्याद दिने भन्ने पनि निर्णय आजै हुन्छ ।’

उनले दोषी जुनसुकै तह र तप्काको भएपनि गल्ती अनुसारको कारवाही हुने दाबी गरे ।

यता, कारवाहीका बारेमा प्रहरी प्रधान कार्यालयका सूचना अधिकारी एवम एसएसपी उमेशराज जोशीसँग सम्पर्क गर्दा उनको फोन उठेन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x