×

NMB BANK
NIC ASIA

हाइड्रो पावरको काम रोकियो, कामदार सुरक्षित

चैत २१, २०७६

NTC
फाइल तश्वीर
Premier Steels

सोलुखुम्बुमा निर्माणाधीन आधा दर्जनभन्दा बढी हाइड्रोपावरको काम १० दिनदेखि ठप्प बनेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि गरेको लकडाउनका कारण जिल्लामा निर्माणाधीन हाइड्रोपावरको काम पनि ठप्प बनेको हो ।

Muktinath Bank

अधिकतम भारतीय नागरिक कामदार रहेको हाइड्रोवारको काममा कोरोनाको प्रभाव परेको हो । सरकारले कुनै पनि विकास निर्माणका आयोजना सञ्चालन गर्न नपाइने भनेपछि तत्कालका लागि काम बन्द गरिएको बेनी हाइड्रोपावरको निर्माण कम्पनीका सुपरभाइजर फुरिन्जी शेर्पाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै सोलु खोलामा निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु हाइड्रोपावर, सोलुखोला दूधकोसी आयोजना ८६ मेगावाट र लिखु ए, लिखु १ र लिखु २ को पनि काम ठप्प भएको निर्माण कम्पनीले जनाएको छ । तल्लो सोलु हाइड्रोपावरमा भारतीय कामदार चार सयसहित करिब आठसय जना कामदार रहेका छन् । उनीहरूलाई सुरक्षित तवरले कम्पनीकै मातहतमा नै राखिएको छ ।


Advertisment
Nabil box
Kumari

रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु नदीमा निर्माणाधीन तीन हाइड्रोपावरमा काम गर्ने भारतीय र नेपाली दुवै कामदारलाई अस्थायी क्वारेन्टाइनमा राखिएको बताइएको छ । हाइड्रोपावरको काम ठप्प हुँदा निर्माण अवधि लम्बिने कम्पनीले जनाएका छन् ।

Vianet communication

उपभोक्तालाई महसुल छुट
लकडाउन अवधिमा आयआर्जनका क्रियाकलाप रोकिएको भन्दै सोलुखुम्बुको सोलुखोला लघुजलविद्युत् आयोजनाले आफ्ना उपभोक्ताको एक महिनाको विद्युत् महसुल छुट दिने भएको छ ।

थुलुङ दूधकोसी गाउँपालिका वडा नं. १ नेले र वडा नं. २ काँगेलका नौ सय परिवारलाई विद्युत् वितरण गर्दै आएको आयोजनाले दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने अधिकांश उपभोक्ताको अवस्थालाई ध्यानमा राखेर अप्रिल महिनाको विद्युत् महसुल आयोजनाले नै भुक्तानी गरिदिने निर्णय गरिएको सचिव घनराज सुनुवारले जानकारी दिए ।

आयोजनाले हरेक उपभोक्तालाई स्मार्ट बक्स वितरण गरेर रिचार्ज प्रणाली शुरू गरेको छ भने उपभोक्तालाई न्यूनतम शुल्क दुई सयमा २० युनिट विद्युत् मासिक रूपमा वितरण गर्दै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x