कोरोनाका कारण अमेरिकामा एक करोड मानिस बेरोजगार

कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा अमेरिकामा बेरोजगारी पनि ह्वात्तै बढेर गएको छ । 

अमेरिकाको श्रम मन्त्रालयको आँकडाअनुसार, मार्च २८ सम्मको एक हप्तामा ६६ लाख कामदारले बेरोजगारी भत्ताका लागि निवेदन दिएका छन् । अमेरिकाको इतिहासमा बेरोजगारी भत्ताका लागि निवेदन दिनेहरूको यो सबभन्दा ठूलो संख्या हो । 


Advertisement

त्यसको अघिल्लो हप्ता पनि ३३ लाख मानिसले बेरोजगारी भत्ताका लागि निवेदन दिएका थिए । 

तर बेरोजगारहरूको संख्या यसभन्दा पनि बढी हुन सक्छ । एक रिपोर्टका अनुसार, धेरै मानिसले टेलिफोन लाइन व्यस्त भएको वा बेरोजगारी भत्ताका लागि निवेदन गर्न अप्ठ्यारो परेको गुनासो गरेका छन् । अनि पार्टटाइम काम गर्ने तथा केही वर्गका कामदारलाई बेरोजगारी भत्ताको सुविधा छैन । 


Advertisement

कोरोना फैलिएपछि कम्पनीहरूले कर्मचारीहरूलाई लगालग जागिरबाट निकालिरहेका छन् । त्यसले गर्दा पनि थप कामदारले सरकारी सहायतामा निर्भर हुनुपर्नेछ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्