‘उपचारमा कुनै कमी नहोस्’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारमा कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन् ।

न्याम्सका पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा कोरोना भाइरस (कोभिड–१९)को उपचारको तयारीबारे जानकारी लिने क्रममा उहाँले अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन निर्देशन दिएका हुन् ।


Advertisement

 ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताउनुभयो । उहाँले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।

अहिले नेपालको हकमा कम्युनिटी ट्रान्समिसन नदेखिएको स्थितिमा कोरोनाबाहेकका अन्य रोगका बिरामीले दुःख नपाऊन् भन्ने कुरामा राज्य संवेदनशील रहेको पनि उनले बताए। बिरामीको उपचार बढाउन र अन्य अस्पतालसँगको सहकार्यमा समेत बिरामीको उपचार गर्न गराउन उनले निर्देशन दिएको मन्त्री ढकालको निजी सचिवालयले जनाएको छ ।


Advertisement

न्याम्सका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने प्रतिबद्धता जनाएका छन् । न्याम्सका उपकुलपति डा. देवनारायण शाहले मन्त्रालयको निर्देशन अनुसार कोरोनासहितका बिरामीको उपचारका निम्ति पूर्ण रूपमा तयार रहेको बताए। गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्