माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
मुलुकका विभिन्न कारागार र बाल सुधारगृहबाट ३०५ जनालाई रिहा गरिएको छ । कारागारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम गर्न एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका बालबालिका तथा कैदीबन्दीलाई रिहा गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
मुुुलुकका विभिन्न बाल सुधारगृहबाट एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका १७४ जना बालबालिका र कारागारबाट १३१ गरी जम्मा ३०५ जनालाई बिहीबारसम्म रिहा गरिएको जानकारी कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले दिए। उनका अनुसार सुधारगृहमा रहेका बालबालिकालाई अदालतको रोहबरमा आमाबाबु वा अभिभावकको जिम्मा लगाइएको छ ।
कारागारबाट छुट्न पाऊँ भन्दै बिहीबारसम्म ३४६ जनाले विभिन्न कारागारमा निवेदन दिएका थिए । बाँकी निवेदनमाथि आवश्यक कारबाही अगाडि बढाइएको उनले बताए ।
सर्वोच्च अदालतले दिएको आदेशअनुसार मुद्दाको अन्तिम टुङ्गो लागेकाकहरू रिहा भएका हुन् । पुनरावेदन चलिरहेका मुद्दाका कैदीबन्दी भने अहिलेको अवस्थामा रिहा हुन नसक्ने उनले स्पष्ट पारेे।
“सर्वोच्च अदालतको आदेशमा यसरी छुट्ने कैदीबन्दीलाई कैदका साथै जरिवाना गरिएको छ भने जरिवाना बुझाएको हुनुपर्ने हुन्छ र बाँकी रहेका कैद भुक्तानीका लागि प्रतिदिन तीन सय रुपियाँका दरले राजस्व बुझाएको हुनुपर्छ”, उनले भने। यसरी कैदीबन्दीलाई रिहा गर्न सम्बन्धित जिल्ला अदालतको समेत आदेश हुनुपर्ने उनले स्पष्ट पारे।
कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिन नदिन एक वर्षभन्दा कम कैद सजाय भएका कैदीबन्दीलाई रिहा गर्नुपर्ने महान्यायाधिवक्ताको कार्यालयको अनुरोधमा सर्वोच्च अदालतबाट भएको आदेशका आधारमा कैदीबन्दी रिहा गर्न सुरु गरिएको हो । मुलुकभरिका विभिन्न कारागारमा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्न लागिएको जानकारी महानिर्देशक कणेलले दिए ।
सुनसरीको झुम्का कारागारमा प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा १२ जना बिरामीका लागि क्वारेन्टाइन निर्माण गरिएको जानकारी उनले दिए।
कारागारभित्रै आइसोलेसन
सुन्धारास्थित केन्द्रीय कारागारमा बीस जनालाई राख्ने गरी क्वारेन्टाइन निर्माण गरिएको छ भने ललितपुरस्थित नख्खु कारागारको मनोपरामर्श अस्पतालमा बीस जनाका लागि आइसोलेसन निर्माण गरिएको छ । सोही अस्पतालको महिला वार्डमा एक सय जनाका लागि क्वारेन्टाइन निर्माण गर्ने निर्णय भइसकेको जनकारी उनले दिए।
कारागारहरूमा नयाँ आउने कैदीबन्दीलाई कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा राखेर मात्र कारागारभित्र प्रवेश गराइने व्यवस्था गरिएको जानकारी उनले दिए ।
यस वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार मुलुकभरिको कारागारमा पुरुष २३ हजार ४३१, महिला एक हजार ४९७ जना, आश्रित ८४ जना, विदेशी एक हजार २१४ जना गरी कुल कैदीबन्दी २४ हजार ९२८ जना छन् । गोरखापत्र दैनिकमा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...