×

NMB BANK
NIC ASIA

कोभिड १९ : अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ ।

Muktinath Bank

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि लकडाउनका जारीका कारण काम प्रभावित भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमास्थलको निर्माणमा धावन मार्ग, अन्तराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

निर्माण कार्यमा स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डर मार्फत विमानस्थल निर्माण कार्यको जिम्मा लिएको हो, जसको सन २०१७ डिसेम्बर सम्ममा निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता रहेको थियो । तर निर्माण कम्पनीले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ । यो चारपटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सक्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले बताए ।

एसियाली बिकास बैंक (एडिबि) को क्रण सहयोगमा निर्माण भइरहेकको यो विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा ठूलो विमानस्थल हो । यस विमानस्थलको कुल ७ सय ८७ विघाहा क्षेत्रफलमा निर्माण कार्य भइरहेको छ ।

विसं. २०२३ देखि आन्तरिक उडान गर्दै आएको सो सो विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि प्रदेश नं. ५ को आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

विदेशबाट फर्केका अधिकांश होम क्वारेन्टाइनमा 

प्यूठानमा विदेशबाट फर्किएका चार हजार बढी भएपनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून छ । यसरी फर्किएकामध्ये अधिकांश नागरिक घरपरिवारसँगै बसेका छन् ।

जिल्लाका नौ वटा स्थानीय तहमा चैत महिनाको सुरुदेखि हालसम्म चार हजार सात सय चार जना व्यक्ति भारत लगाएत अन्य देशबाट जिल्लामा भित्रिएका छन् । भारत लगायतका अन्य खाडी मुलुकबाट नागरिक भित्रिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्किले बताए ।

विदेशबाट फर्किएका व्यक्तिलाई सकेसम्म दुई हप्ता क्वारेन्टाइनमा राख्ने योजनाले बेड तयार गरिएको छ र तर उनीहरु क्वारेन्टाइनमा नबसेपछि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । विदेशबाट फर्किएकालाई राख् नौ वटा स्थानीय तहमा ७७ क्वारेन्टाइनमा ३ सय ४४ बेडको क्वारेन्टाइन केन्द्र निर्माण गरिएको छ । 

१ सय ५२ क्वारेन्टाइनमा

पश्चिम नवलपरासीमा  रहेका  १३ वटा  क्वारेन्टाइनमा भारत र अन्य तेस्रो  मुलुकबाट फर्किएका  १५२ जना बसेका छन्, जसमध्ये ३९ जना  १४ दिनको बसाईपछि घरफर्किएका छन् भने  बाँकी १ सय १३ अहिलेपनि क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको  छ  । 

पश्चिम नवलपरासीका सात स्थानीय तहमा १३ स्थानमा ३२६ शैयाका क्वारेन्टाइन छन् । यसबाहेक पृथ्बी चन्द्र अस्पतात,  शहिद स्मृति  सामुदायिक अस्पताल, चिसापानी अस्पताल र नेपाली सेना कालीध्वज गणमा आइसोलेसनको समेत व्यवस्थापन गरिएको  बताइएको छ  । 

जिल्लामा रहेका सबै सरकारी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिए   । 

यहाँका स्थानीय तहले दैनिक ज्यालादारी काम गरी गुजारा चलाउन बाध्य घरपरिवार साथै गरिब र बिपन्न परिवारलाई राहत सामाग्री उपलब्ध गराइने तयारी पनि गरेका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले करिब २ हजार  घरपरिवारलाई अत्यावश्यक खाद्यन्न र सामाग्री वितरण गरेको नगरप्रमुख धिरज शर्मा बस्यालले जानकारी दिए  । 

बाँके बर्दियामा उच्च सावधानी

कैलालीमा कोभिड–१९को सङ्क्रमण देखिएपछि प्रदेश ५ को सिमावर्ती जिल्ला बाँके र बर्दियामा उच्च सर्तकता अपनाइएको छ । 

दुवै जिल्ला भारतसँग सीमा जोडिएकाले नाकामा निगरानी बढाइएको छ । लुकिछिपी भारतबाट कसैलाई आउन नदिन सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
 
नेपाल सरकारले निर्णय गरेको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावतलाई बन्दलाई अक्षरस कडाईका साथ कार्यान्वयन गर्दै लकडाउनलाई पनि प्रभावकारी बनाईएको छ । 

प्रमुख जिल्ला अधिकारी खड्काले गए राति देखि नै लकडाउनमा कडाई गरिएको जानकारी दिए । सो क्रममा प्रहरी परिचालन गरी लकडाउनलाई बेवास्ता गरी सडकमा निस्किएका ४ सय ४१ मोटरसाईकलको चावी नियन्त्रणमा लिईएको उहाँले बताए । 

भारतसँग सीमा जोडिएका बाँकेका स्थानीय तह नरैनापुर, डुडुवा, नेपालगञ्ज, जानकी र खजुराले ग्रामिण नाकाबाट हुनसक्ने आवत–जावत रोक्नमा चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकासँग जोडिएको मुख्य सीमा नाका जमुनाह ठप्प भएपछि ग्रामिण नाकाबाट अवैध रुपमा समेत आवतजात हुनसक्ने भएकोले थप सतर्कता अपनाईएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । 

जानकी गाउँपालिकाले साईगाउँ नाकामा आवत–जावतमा पूर्ण रुपमा बन्द गराएको छ । सशस्त्र प्रहरी र स्थानीय नेपाल प्रहरीको चौकीको सहायतामा रोकथाम कार्यलाई प्रभावकारी बनाईएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए । 

कैलालीसँग सीमा जोडिएको बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकाको सबै नाका बन्द गरिएकोे छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासँग सीमा जोडिएको नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, पैदल या गाडीमा हिँड्ने कसैलाई पनि प्रवेश गर्न नदिन आवश्यक पहल गएिको छ । कैलालीको टीकापुर सीमासँग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x