मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाका सबै स्थानीय तहलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । कार्यवाहक जिल्ला अध्यक्ष अर्जुन कुमार पोखरेल नेतृत्वमा जिल्ला नेता एवं संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवाल, तरुण दल जिल्ला अध्यक्ष सुकबहादुर गुरुङलगायतको राहत वितरण टोलीले आइतवार जिल्लाका सात स्थानीय तहका प्रमुखहरु भेटेर खाद्यान्न उपलब्ध गराएको हो ।
जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । उपलब्ध गराइएको राहतमा १ सय ७५ क्विन्टल चामल छ । जसको बजार मूल्य प्रतिक्विन्टल ५ हजारका दरले कुल ८ लाख ७५ हजार रहेको छ । हरेक स्थानीय तहलाई २५ क्विन्टल चामलका दरले राहत उपलब्ध गराइएको कार्यवहाक अध्यक्ष पोखरेलले जानकारी दिए ।
उपलब्ध गराइएको चामल सावा मनसुली हो । कांग्रेस नेता एंव कार्यकताहरुले रातह वितरणका लागि रकम उपलब्ध गराएका थिए ।
‘विपद्को समयमा पक्ष/प्रतिपक्ष कोही हुनुहुँदैन । यस्तो समयमा सरकारले चालेका कदमलाई सहयोग गर्नु सबैको कर्तव्य हो । कोरोना संक्रमणसँगै भएको लकडाउनले दैनिक मजदुरी गरेर खाने वर्ग प्रभावित हुने भएकाले उनीहरुको सहयोगका लागि राहत उपलब्ध गराइएको हो,’ कार्यवहाक अध्यक्ष पोखरेलले भने । एकद्वार प्रणालीमार्फत प्रभावित वर्गमा पुर्याउनका लागि स्थानीय तहलाई राहत उपलब्ध गराइएको उनले बताए ।
राहत सामाग्री बुझ्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले राजनीतिक दलसहित विभिन्न संघसंस्था र सहयोगीदाताहरुले उपलब्ध गराइएको राहत वडास्तरमा गठन भएका राहत समितिमार्फत अति विपन्न वर्गमा वितरण गरिने बताए ।
यसैबीच नेपाल तरुण दल पश्चिम नवलपरासीले विदेशबाट गाउँ आएका सर्वसाधारणका बारेमा जानकारी गराउन वडा स्तरका तरुण कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष सुकबहादुर गुरुङका अनुसार विदेशबाट गाउँ/टोलमा आएका सर्वसाधारणहरुमाथि निगरानी राख्न र आएको जानकारी पाए घरमै वा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्न जानका लागि सुझाव दिन निगरानीमा खटाइएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...