कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले विदेश भ्रमण गरी फर्केकाको विवरण संकलनलाई तीव्रता दिएको छ ।
महानगरले फागुन १८ पछि फर्केका १ सय १७ जनाकाे विवरण संकलन गरेकाे हाे। विदेशबाट फर्कनेहरू, अझ भारतबाट आएका नेपाली नागरिकहरू १४ दिनसम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नै पर्ने नियमलाई पालना गर्नका लागि महानगरपालिकाले यस्तो विवरण संकलनको कामलाई तिव्र रुपमा अघि बढाएको जानकारी दिएको छ।
‘हामीले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर पछिल्लो एक महिनामा विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका नागरिकको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्ने र आवश्यकता अनुसार नमुना परीक्षणका लागि स्वाब संकलन समेत गर्ने तयारी गरेको छौँ,’ मेयर विद्यासुन्दर शाक्यले भने, ‘उपत्यका नगरपालिका फोरमको आजको बैठकले पनि यसरी विदेश भ्रमण गरी उपत्यका भित्रै वसोवास गर्नेहरुको विवरण संकलन गरी नमुना परीक्षणका लागि स्वाब संकलन गर्ने कामलाई तिव्र रुपमा अघि बढाउने निर्णय गरेको छ । विभिन्न सरोकारवाला निकायहरुसँगको सहकार्यमा त्यसो गरियो भने उहाँहरुलाई पनि ढुक्क हुन्छ, परिवार, छरछिमेक र समाजलाई पनि ढुक्क हुन्छ । त्यसैले हामीले विदेश भ्रमण गरी आएकाहरुको विवरण संकलन सुरु गरेका हौँ ।’
यसरी आइतबारसम्म विवरण संकलन गरेका १ सय १७ मध्ये सबै भन्दा बढी दुबईबाट फर्किएका छन् । त्यसैगरी कतार,फान्स, अष्टे«लिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारतलगायतका देशको भ्रमण गरी आएकाहरुको पनि विवरणमा संकलन गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले ती मध्ये ५३ जनाको पूर्ण विवरण नै केन्द्रलाई प्राप्त भएको बताए। उनका अनुसार अहिलेसम्म वडा नम्बर–१ बाट ३, वडा २ बाट ३, त्यसैगरी वडा–६ बाट ११, वडा–७ बाट ४ जनाको विवरण केन्द्रलाई प्राप्त भएको छ । त्यसैगरी वडा–९ बाट तीन, वडा–१४ बाट ५ र वडा–१८ बाट २ जनाको विवरण संकलन भएको छ । वडा–१९ बाट ४, वडा–२१ बाट ६ र वडा–२२ बाट एक जनाको विवरण संकलन भएको पनि ढकालले जानकारी दिए। वडा–३१ मा ११ जनाको विवरण संकलन भएको छ । यसरी विवरण संकलन गरेका मध्य कतिपय सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने कतिको अवस्था सामान्य रहेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...