कोरोना संकटबारे छलफल गर्न शुरू भयो नेकपा सचिवालय बैठक

फाइल फोटो

कोरोनाभाइरस (कोभिड १९)ले निम्त्याएको संकट र विकसित पछिल्लो अवस्थाको बारेमा छलफल गर्न नेकपा सचिवाल बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठक मुख्यत: कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिको बारेमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।


Advertisement

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको तथा स्वास्थ्य सामग्री खरिदमा सेनालाई संलग्न गराइएकोप्रति नेकपाभित्र असन्तुष्टि छ ।

कोरोना संकट समाधानका लागि भन्दै सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।


Advertisement

कोरोनका कारण लकडाउन शुरू भएपछि सत्तारुढ नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेर फर्केपछि एकपटक मात्र सचिवालय बैठक बसेको थियो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्