×

NMB BANK
NIC ASIA

विपन्न परिवारका लागि सहकारीद्वारा एक करोड ५० लाख

चैत २६, २०७६

NTC
Premier Steels

झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न रु एक करोड ५० लाख सहयोग गरेका छन् ।

Muktinath Bank

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई खानाखान समस्या भएको भन्दै स्थानीय तहसँग समन्वय गर्दै सहकारीले राहत सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन् । जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालका अनुसार सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले मात्रै रु ५० लाखको सहयोग गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नं. १ सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिसँगको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइमा बसेका र विपन्न परिवारको खाद्यन्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि पीपीई खरिद सहयोगका लागि रु ५० लाखको राहत कोष खडा गरिएको हो । सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहकारीले सहारा कर्मचारी मानवीय सहायता कोष’ बाट विपद्मा परेकालाई सहयोग गर्न रु ५० लाखको कोष खडा गरेको र सोही कोषबाट सहयोग गरिएको हो । 


Advertisment
Nabil box
Kumari

त्यस्तै नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरले रु १७ लाख, बिर्तामोडमा रहेका कर्णाली, सिम्रिक सहकारी संस्थाले रु आठ÷आठ लाख र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु पाँच लाख नौ हजार, पूर्वी नेपाल सहकारी संस्थाले रु चार लाख तथा मेची सहकारी संस्थाले रु दुई लाख तीन हजार राहत कोषका लागि सहयोग गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष ढकालले बताए। 

Vianet communication

कतिपय सहकारी संस्थाले सोझै खाद्यान्न सहयोग गरेका छन् । स्थानीय तहसँग समन्वय गर्दै झापाका १५ वटै स्थानीय तहमा सहयोग गर्ने दुई दर्जनभन्दा बढी सहकारी छन् अध्यक्ष ढकालले भने, 'अहिलेसम्मको तथ्याङ्कमा विपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्न झापाका सहकारीले रु एक करोड ५० लाख सहयोग गरेका हुन् । रु एक लाख र रु ५० हजार सहयोग गर्ने धेरै सहकारी छन् ।'

घर चलाउन निर्व्याजी रकम

जिल्लामा रहेका दुई ठूला सहकारी संस्थाले आफ्ना सदस्यलाई निर्व्याजी सापटी रकम प्रदान गर्न शुरू गरेका छन् । घर खर्च चलाउन समस्या परेका सदस्यलाई दुई महिनासम्मका लागि रु पाँच/पाँच हजार सहकारीले निब्र्याजी दिन थालेको जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष ढकालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x