लकडाउनका बाबजुद दिल्लीका २० र युपीका १०० हटस्पट सील

भारतमा २१ दिने लकडाउन जारी रहँदा त्यहाँका केही राज्यहरुले कडा कदम चालेका छन्। कोरोना भाइरसका संक्रमितको संख्यामा बढोत्तरी हुने क्रम नरोकिएपछि 
दिल्ली सरकारले २० क्षेत्रलाई सिल गर्ने घोषणा गरेको छ।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाका अनुसार कोरोनाका पोजेटिभ रिपोर्ट आएका क्षेत्रलाई सील गरिएको हो।  दिल्लीका २० हटस्पट इलाकामा कुनै पनि व्यक्ति आवतजावत गर्न पाउने छैनन्।


Advertisement

त्यसैगरी, नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश (युपी) ले १५ जिल्लाका १ सय भन्दा बढी हटस्पट सील गर्ने घोषणा गरेको छ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी १५ जिल्ला सील गर्ने घोषणा त्यहाँको राज्य सरकारले गरेको हो।   


Advertisement

त्यस्तै, भारतको मध्य प्रदेश सरकारले पनि ठूलो फैसला लिएको छ। उक्त राज्यका तीन सहर इन्दौर, भोपाल र उज्जैनमा कोरोनाका संक्रमित बढ्न थालेपछि ती सहर सील गरिदिएको हो।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्