लकडाउन उल्लंघन गर्ने १ हजार ३ सय मानिस प्रहरीको कारबाहीमा

काठमाडौं उपत्यकाभित्र लकडाउन उलंघन गर्ने १ हजार ३ सय ७८ जना मानिस कारबाहीमा परेका छन् ।

लकडाउन अवज्ञा गर्ने क्रम बढेसँगै चेकजाँच कडा पारिएको र ठूलो संख्यामा कारबाही गरिएको महानगरिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआइजी) विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।  


Advertisement

उनका अनुसार बिहान ८ बजेसम्म १ हजार १ सय पुरुष र २ सय ७८ जना महिलालाई होल्डमा राखिएको छ । 

यस्तै २ सय ४९ वटा सवारी साधन पनि प्रहरीको नियन्त्रणमा रहेको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्