×

NMB BANK
NIC ASIA

न्यूनदृष्टिविहीनले राजनीतिक–सामाजिक जिम्मेवारीमा नपाएको गुनासो

चैत २७, २०७६

NTC
Premier Steels

स्थानीय मंगलप्रसाद माध्यमिक विद्यालयमा ४० भन्दा बढी  न्यूनदृष्टियुक्त बालबालिका एवं किशोरकिशोरी अध्ययन गरिरहेका छन् ।

Muktinath Bank

विद्यालयमा अहिले १ देखि १० कक्षासम्म अध्ययनरत न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले लिएको छ । संघले ती विद्यार्थीका लागि शिक्षा, सीप विकास तालीम र रोजगारी दिलाउने र उनीहरूको अधिकार स्थापित गराउन भूमिका खेल्दै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघका सदस्य सोही विद्यालयका न्यूनदृष्टियुक्त शिक्षक भोला त्रिपाठी भन्छन्, ‘संघले विभिन्न निकायसंँगको सहकार्यमा  न्यूनदृष्टियुक्तहरूको जीवनलाई सहज र सरल बनाउने प्रयास गर्दै आएको छ ।’ विद्यालयमा अध्ययनरत  न्यूनदृष्टियुक्तको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको व्यवस्थापन शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, बाँकेले मिलाएको छ ।  राज्यका तर्फबाट निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालिम एवम् रोजगारीमा आरक्षणको व्यवस्थाले पनि जिल्लाका  न्यूनदृष्टियुक्तलाई आफ्नो जीवन सहज ढंगबाट अगाडि बढाउन अवसर मिलेको छ । 


Advertisment
Nabil box
Kumari

मंगल माविमा  न्यूनदृष्टियुक्तका लागि अलग अध्यापन गराइँदैन, सद्दे आँखा हुनेसंँग राखेर पढाउने गरिएको छ । ‘यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौँ भन्ने भावनाको विकास गराउनु नै हो’, शिक्षक त्रिपाठीको भनाइ छ । 

Vianet communication

‘बाहिरी आँखाले नदेखे पनि  न्यूनदृष्टियुक्तसँग भित्री क्षमता धेरै हुन्छ । उनीहरूले अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । यहाँका  न्यूनदृष्टियुक्तहरू शिक्षकदेखि अधिकृतसम्मका पदमा काम गरिरहेका छन् । ‘उनीहरूलाई क्षमता अनुसारको रोजगारी दिनुपर्छ । अवसर पाए भने  न्यूनदृष्टियुक्तहरूले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्’, अर्का न्यूनदृष्टियुक्त शिक्षक भावुकजङ्ग थापाको ठम्याइ छ । शिक्षक थापाले नेपालगञ्जस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत दृष्टियुक्त बालबालिकालाई अध्यापन गराउँदै आउनुभएको छ । 

स्नातह थापा  नेत्रहीन संघको जिल्ला सचिवको जिम्मेवारीमा पनि हुनुहुन्छ । उहाँका अनुसार बाँकेमा झण्डै पाँच हजार अपाङ्गता भएका नागरिक छन् । तीमध्ये न्यूनदृष्टियुक्त झण्डै २०० छन् । 

मंगलप्रसाद माविमा अध्ययरत ती विद्यार्थीलाई नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा शाखाले सघाउँदै आएको छ । शिक्षा शाखाले पाठ्यपुस्तक, जिन्सी सामानलगायत छात्रवृत्ति एवम् भौतिक पूर्वाधारमा सहयोग उपलब्ध गराएको छ । ‘विद्यार्थीको आवश्यकता र संघले माग गरेअनुसार सक्दो सहयोग हामीले उपलब्ध गराउँदै आएका छाैं’, शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले भने। सचिव भावुकजङ्ग थापा भन्छन्, ‘कानूनतः राज्यले हामीलाई अन्य नागरिकसरह नै अधिकार दिएको छ, सहयोग गरेको छ तर न्यूनदृष्टियुक्तप्रतिको राजनीतिक र सामाजिक जिम्मेवारीमा भने  अझै चुकेको छ ।’ 

 राजनीतिमा पर्याप्त आरक्षणको व्यवस्था मिलाउन स्थानीय, प्रदेश र संघीय सरकार चुकेको उनको आरोप छ । ‘सरकारी कामकाज अझै  न्यूनदृष्टियुक्तमैत्री हुन सकेको छैन । शहरदेखि विकटसम्मका न्यूनदृष्टियुक्तको खोजी गरेर तिनको जीवनलाई सहज बनाउन राज्यको पर्याप्त ध्यान अझै पुग्न सकेको छैन ।’  नीरज गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x