×

NMB BANK
NIC ASIA

डडेल्धुराबाट १९० को स्वाब परीक्षणका लागि काठमाडौँ पठाइयो

चैत २७, २०७६

NTC
Premier Steels

डडेल्धुरामा स्थानीय तहले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेका एवं कोभिड–१९ को लक्षण देखा परेकाको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ। 

Muktinath Bank

बिहीबार बिहान हेलिकप्टरमार्फत स्वाब सङ्कलन गरिने उपकरण (भिटिएम) डडेल्धुरा ल्याइएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी हुँदै काठमाडौँ पठाइएको हो। डडेल्धुराका तीन स्थानबाट स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरामा भारतलगायत अन्य मुलुकबाट आएका १९० जनाको स्वाब सङ्कलन गरिएको उनले बताए। 
    
भारतलगायत अन्य मुलुकबाट भित्रिने स्थानीयको सङ्ख्या तीन हजार बढी छ। तर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा भने १०७ जना बसेका छन्। जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ मा रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, भित्रिमधेश जोगबुडास्थित पर्शुराम नगरपालिका–१२ मा रहेको त्रिवेणी बहुमुखी क्याम्पस र पर्शुराम नगरपालिका–७ सादनीको शिवशङ्कर माविमा बनाइएका क्वारेन्टाइनमा बसेकाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमरगढी नगरपालिका, अजयमेरु, नवदुर्गा, भागेश्वर र गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाको जिल्ला सदरमुकामको डडेल्धुरा बहुमुखी क्याम्पसबाट नमूना सङ्कलन कार्य जारी रहेको छ। स्वाब सङ्कलनका लागि केन्द्रबाट १९० थान भिटिएम हेलिकप्टरमार्फत डडेल्धुरा पु¥याइएपछि सङ्कलन कार्य शुरु भएको थियो। सङ्कलित नमूना बिहीबार नै धनगढी हुँदै काठमाडौँ पठाइएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x