×

NMB BANK
NIC ASIA

हिजो दिनभर : 'सर्वसाधारणलाई काठमाडौँबाहिर जान दिने निर्णय भएको छैन' - ईश्वर पोखरेल, सांसदको तलब कटौती गर्न माग

चैत २८, २०७६

NTC
Premier Steels

 'सर्वसाधारणलाई काठमाडौँबाहिर जान दिने निर्णय भएको छैन, यसअघिका समाचारमा सत्यता छैन' - ईश्वर पोखरेल

Muktinath Bank

उपप्रधानमन्त्री तथा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले शुक्रवार र शनिवार काठमाडौँबाट सर्वसाधारणलाई जान दिने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार दिउँसो अचानक सञ्चारमाध्यमहरूमा सर्वसाधारणलाई काठमाडौँबाहिर जान दिने निर्णय भएको भनी आएको समाचार गलत रहेको पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

‘भोलि र पर्सि ( २८-२९ चैत्र, २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको भन्ने समाचार सार्वजनिक सञ्चारमाध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ पोखरेलले लेखेका छन्, ‘यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसूस गरी बन्दाबन्दी (लक डाउन)लाई जारी राखिएको छ ।’

Vianet communication

उनले गम्भीर अवस्थामा यस्तो निर्णय कसरी हुन सक्छ भनेर प्रश्नसमेत गरेका छन् ।

यसै सन्दर्भमा गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले लोकान्तरलाई काठमाडौँबाट जान चाहनेहरूलाई जान दिने विषयमा कुनै अधिकारिक निर्णय नभएको बताए । 'हामीले निर्णय पनि गरेका छैनौ र माथिबाट पनि हामीलाई त्यस्तो केही आदेश आएको छैन,' उनले भने । 

यसअघि अधिकांश सञ्चारमाध्यमहरूले काठमाडौँ बाहिर जान चाहनेलाई पठाउने आधिकारिक निर्णय भएको समाचार प्रकाशित गरेका थिए । लोकान्तर डट कमचाहिँ उक्त समाचारको पुष्ट्याईको क्रममा थियो । 

सुदूरपश्चिम सरकारको राहत प्याकेज : प्रतिपरिवार ३ हजार, कर दाखिलाको म्याद थप

कोरोनाभाइरस (कोभिड– १९) ले निम्त्याएको संकटका बेला सुदूरपश्चिम प्रदेश सरकारले राहत प्याकेज घोषणा गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले विहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै विभिन्न प्रकारको राहत कार्यक्रमबारे जानकारी दिए ।

प्रदेश सरकारले गरीब, असहाय र विपन्न प्रतिपरिवारलाई ३ हजारका दरले स्थानीय तहमार्फत १६ करोड बराबर राहत रकम बाँड्ने निर्णय गरेको मन्त्री शाहले जानकारी दिए ।

प्रदेशस्थित सबै जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकारले आवश्यक व्यवस्थापन गर्न ५ लाखका दरले बजेट उपलब्ध गराउने भएको छ भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी सुरक्षाका ३ वटै अंगलाई १५ लाखका दरले आवश्यक खर्च र व्यवस्थापनका लागि दिने निर्णय गरेको मन्त्री शाहले जानकारी गराए ।

प्रदेशस्थित सबै जिल्ला अस्पतालका लागि भेन्टिलेटर खरिद गरिने भएको छ । तत्काल २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए ।

प्रदेश सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको १५ लाखको जीवन बिमा गर्ने भएको छ ।

लकडाउन अवधिभरका लागि संघीय सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि गरेको २५ लाखको जीवन बिमा रकममा १५ लाख थपिँदा ४० लाख पुगेको छ ।

प्रदेश सरकारले सञ्चारकर्मीहरूका लागि पनि १५ लाखको जीवन बिमा गरिदिने निर्णय गरेको मन्त्री शाहले सार्वजनिक गरे ।

प्रदेश सरकारले फागुन मसान्तसम्ममा दाखिला गर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गरेको छ ।

मन्त्री शाहले प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने करको म्याद वैशाख मसान्तसम्म थप गर्ने स्वीकृति प्रदान गरिने जानकारी दिए ।

मन्त्रिपरिषद्बाट सुदूरपश्चिम कोरोनाभाइरस (कोभिड १९) रोगको रोकथाम, उपचार तथा नियन्त्रण व्यवस्थापन कोष स्थापना सञ्चालन निर्देशिकालाई स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

गगन थापाको माग : सांसदको तलब कटौती गरेर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई बढाऔं

नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री गगन थापाले महासंकटको घडीमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई तलबभत्ता र सुविधा बढोत्तरी गरेर मनोबल बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाली प्रहरीका अधिकारीको तलब कटौती गरेर कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बनेको सरकारी कोषमा जम्मा गर्ने खबर सार्वजनिक भएपछि थापाले आफू लगायत सांसदको तलब कटौती गर्न माग गरेका छन् ।

सांसद थापाले ट्विटरमा लेखेका छन्, ‘महासंकटको यो घडीमा हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलबभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोेबल बढाउने प्रयास गरौं ।’

लकडाउनमा मौलाउँदै अपराध : सुनचोर र काठ तस्कर पक्राउ

लकडाउनको मौका छोपी आपराधिक गतिविधि मौलाउँदै गएको पाइएको छ ।

कोरोनाको महामारीप्रति सबै निकायको ध्यान केन्द्रित भएको बेला कैलालीका विभिन्न स्थानमा आपराधिक गतिविधि भइरहेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले लकडाउनको मौका छोपेर गरिएका केही आपराधिक क्रियाकलापलाई बिहीवार सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि रहेको धनगढी उपमहानगरपालिका–१ का  विनोदकुमार बर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी गहना पसलमा बुधवार राति चोरी भयो । प्रहरीको अनुसन्धान टोलीले चोरिएका सामानसहित संलग्नलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ स्थित कारागार रोड बस्ने ४५ वर्षीय पप्पु गुप्ता र उनको छोरा वर्ष २० वर्षीय पवन गुप्तालाई नियन्त्रणमा लिएको छ । चोरी गरेको सामान घरको छतमा रहेको पानीको ड्रममा लुकाएका थिए । यसअघि पनि पप्पु गुप्ताले लागूऔषध, सार्वजनिक अपराध मुद्दा खेपिसकेका छन् । 

यसैबीच प्रहरीले घरमा अवैध काठ चिरान तथा तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–१२ हलौडेका स्थानीय नरीबहादुर साउँदलाई चैत २६ गते घरमा अवैध चिरान काठ तथा काठका गोलिया लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीले उनको घरबाट चिरान कडी, चौपटा, सिल्ली, ३ थान गोलिया लगायत गरी १२१ क्युफिट काठ बरामद भएको जनाइएको छ । नरी साउँदलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको छ । 

लकडाउनको मौका छोपी आपराधिक गतिविधिले प्रश्रय पाएका छन् । जिल्लाको कतिपय सामुदायिक वनबाट पनि काठ तस्करी हुँदै आएका घटना सार्वजनिक भएका छन् ।

समितिले भन्यो-कालीमाटी बजार बन्द भएको होइन, स्वरुप मात्र परिवर्तन

कालीमाटी तथा फलफूल विकास समितिले बजारमा फलफूल, तरकारीको आवागमन र वितरण प्रणालीको स्वरुप मात्र परिवर्तन भएको जनाएको छ।

लकडाउनमा कालीमाटी बजारमा भीडभाड नहोस् भनेर हालै मात्र उपत्यकाका अन्य क्षेत्रमा अस्थायी तरकारी बजार विस्तार गरिएको थियो। 

तर, कालीमाटी बजार नै बन्द भएको उल्टो सन्देश गएको हुनसक्नेतर्फ सचेत गराउँदै समितिले उक्त जानकारी दिएको हो।

बिहीबार विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, ‘कालीमाटी बजार क्षेत्रभित्र खुद्रा तथा थोक व्यापारलाई हालको असहज अवधिका लागि स्थगित गरिएको हो। तर, बजार क्षेत्रमा भित्रिएका कृषि उपजहरु यस बजारबाट ढुवानी गरी तोकिएका स्थानमा बिक्रीवितरण भइरहेको छ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x