अध्ययनको खुलासा - कोरोना संक्रमितमध्ये एक तिहाइको मस्तिष्कमा गम्भीर असर पर्न सक्ने

कोभिड १९ को उद्गमस्थल मानिने चीनको वुहानमा गरिएको एक अध्ययनले यस भाइरसबाट संक्रमित भएको मान्छेको मस्तिष्कको एक तिहाइ स्नायुतन्त्रलाई गम्भीर असर पर्ने निष्कर्ष निकालेको छ ।

कोरोनाको संक्रमणका कारण गम्भीर बिरामी भएकाहरूको हकमा भने मस्तिष्कको आधा भाग भन्दा बढी स्नायूतन्त्रमा असर पर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।


Advertisement

न्यूरोलोजिस्टको एक समूहले २ सय १४ संक्रमितमा यसको अध्ययन गरेका थिए । ३६ दशमलव ४ प्रतिशत बिरामीहरूको मस्तिष्कमा गम्भीर असर परेको देखिएको डेलीमेलको अनलाइन संस्करणमा प्रकाशित एक समाचारले दाबी गरेको छ ।

कतिपय गम्भीर बिरामीहरू कोरोनाको संक्रमणबाट मुक्त भइसकेपछि पनि काम्ने, सहीसँग बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्