×

NMB BANK
NIC ASIA

डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृहजिल्ला पुर्‍याइँदै

चैत २९, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

झापाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई गृहजिल्ला पुर्‍याइने भएको छ ।

Muktinath Bank

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले गृहजिल्ला पुर्‍याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार झापामा करीब ३५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययन गरिरहेका छन् । ‘लकडाउनका कारण विद्यार्थी समस्यामा रहेकाले उनीहरूलाई आ–आफ्नो घरमा पुर्‍याउने समितिको निर्णय भएको छ,’ उनले भने, ‘चाँडै उनीहरूलाई घर पुर्‍याइने व्यवस्था गर्दैछौं ।’


Advertisment
Nabil box
Kumari

झापामा राहत वितरणमा एकरुपता ल्याउन मापदण्ड बनाउने तयारी थालिएको छ । राहत वितरणमा गाउँपालिका र नगरपालिकाले टोल विकास संस्थालाई परिचालन गर्ने, राहत पाउने परिवार छनोटका लागि वडास्तरीय सर्वदलीय सर्वपक्षीय संयन्त्र गठन गरेर वास्तविक विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्ने व्यवस्था गर्न प्रदेश सरकारसँगको सहकार्यमा मापदण्ड बनाउने तयारी थालिएको संयोजक पोर्तेल बताउँछन् ।

Vianet communication

जिल्लामा किसानलाई आवश्यक सिँचाइ प्रयोजनका लागि डिजेल, खाद्यान्न उद्योग तत्काल सञ्चालन गर्ने आपूर्ति सहज बनाउने, इन्धन आपूर्तिको व्यवस्था मिलाउने, सीमा क्षेत्रमा आवतजात रोक्न स्थानीय नागरिकहरुको सहभागितामा नागरिकस्तरको नागरिक समूह गठन गर्ने लगायतका काम भइरहेको छ ।

झापाका १५ वटा स्थानीय तहले स्थापना गरेको राहत कोषमा हालसम्म ५ करोड २२ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको संयोजक पोर्तेलले जानकारी दिए । उनका अनुसार स्थानीय तहले ३३ हजार विपन्न परिवारलाई ७ लाख केजी चामल वितरण गरिसकेको छ । दाल, नून, खानेतेल, साबुनलगायत सामग्री समेत वितरण गरिएको छ ।

झापामा ७०० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ भने ९ जनाको कोरोना स्वाब परीक्षण गरिएको छ । जसमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ जनाको रिपोर्ट आउन बाँकी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x