×

NMB BANK
NIC ASIA

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका कुखुरापालक किसान सुजन पोखरेलको व्यवसाय तहसनहस भएको छ ।

Muktinath Bank

कोरोना भाइरसको त्रासभन्दा पनि व्यवसाय उठ्नै नसक्ने गरी धरासायी भएपछि उनी पिरोलिएका छन् । सिनपा–९ भैरहवामा रहेको उनको एसआरएस फर्मका हालै १ हजार २०० भन्दा बढी कुखुरा मरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिक्रीका लागि तयार भएका कुखुरा लकडाउनले गर्दा बजारमा जान पाएनन् । कुखुराको दाना (बिटु) पाइएन । मकै र गहुँको ढुटो खुवाउँदा कुखुरा धमाधम मर्न थाले,’ उनले भने, ‘१ हजार ५०० कुखुरामध्ये १ हजार २०० मरे, लाखौंको व्यवसाय चौपट हुँदा उठ्न नसक्ने भएँ । मासुका लागि कुखुरा खरिद गर्नेहरूले १०० रुपैयाँ किलोमा देऊ भनेर माग्छन् । लगानी नै २०० रुपैयाँभन्दा बढी परेको छ, कसरी दिन सकिन्छ र ?’


Advertisment
Nabil box
Kumari

जिल्लाकै सियारी गाउँपालिकाका कुखुरापालक किसान कृष्णबहादुर बस्नेतको फर्ममा ३ हजार ब्रोइलर कुखुराको तौल औसत ३ किलोग्राम पुगिसकेको छ । उनले कुखुरा बेच्न धेरैलाई फोन लगाए । कोही आएनन् ।

Vianet communication

उनी भन्छन्, ‘४५ देखि ५० दिन पुगेपछि बिक्री गर्नुपर्ने कुखुरा ६६ दिनका पुगिसकेका छन् । विगतमा किन्नहरू आउँदैनन् । आफैं फोन गर्दा प्रतिकिलो १०० रुपैयाँमा दिनुहोस् भन्छन् । ७५ रुपैयाँमा एउटा चल्ला लिएर २ महिनाभन्दा बढी पालेर १०० रुपैयाँमा कसरी बेचूँ ?’

उनको मनिका एकीकृत कृषि फर्ममा ३ हजार कुुखुरालाई खुवाउने दाना समेत छैन । राम्रो दानापानी पाए एउटा बोइलर कुुखुरा ५० दिनमा ३ किलो हुन्छ । ५५ दिन पुगेपछि कुखुुराको तौल बढ्दैन । अहिले बजारमा मासुको खरिद बिक्री ठप्प जस्तै छ ।

कोरोनाका कारण पोल्ट्री व्यवसायबाट पीडित अर्का किसान हुन् गौरव खान । उनले अहिले बन्दाबन्दीको समयमा ८ लाख रुपैयाँ नोक्सानी व्यहोनुपर्‍यो । उनले भने, ‘१ हजार कुखुरा बिक्री गर्ने अवस्थामा थिए । लकडाउनले गर्दा बिक्री हुन छाडेपछि लागत समेत नउठाएर सस्तोमा बिक्री गरे । अब यो पेशामा फर्किन नसक्ने गरी किसानहरू थिचिए । के गर्ने कुखुरापालक किसानले ठूलो क्षति व्यहोनुपर्‍यो ।’ खानले नयाँ चल्ला समेत राख्ने आँट गर्न सकेका छैनन् ।

यी त जिल्लाका केही व्यावसायिक कुखुरापालक किसानका उदाहरण हुन् । ५ नम्बर प्रदेशमा झण्डै ५०० भन्दा बढी कुखुरापालक किसान थला परेका छन् । विभिन्न समय चल्ला र दाना खरिद गर्दा आपूर्तिकताबाट ठगिँदै आएका कुखुरापालक किसान अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले थला परेका छन् । बिक्री नभएका कुखुरालाई दाना खुवाउँदा किसानलाई भार थपिँदै गएको छ । बजारमा दाना पनि अभाव भएको छ । 

अहिले अण्डा, मासु उत्पादक किसान नराम्रोसँग प्रभावित भएका छन् । पीडित किसानले कृषि मन्त्रालयले उचित राहतको प्याकेज ल्याउनुपर्ने बताएका छन् । कुखुराका लागि आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्योग पनि बन्द छन् ।

कोरोनाका कारणले अण्डा र मासु उपभोक्ताले खान समेत डराएको अवस्था छ । जसले गर्दा उपभोक्ताको घरघरमा अण्डा मासु पुग्न सकेको छैन । 

५ नम्बर प्रदेशमा लेयर्स (अण्डा दिने) कुखुरा ३९ लाख रहेका छन् । ५०० भन्दा कम ब्रोइलर कुखुरा पाल्ने किसान १ हजार ५०० जना छन् । १ हजार देखि ३ हजारसम्म ब्रोइलर कुखुरा पाल्ने किसान ३ हजार ५०० छन् । कुखुराको मासु उत्पादन गर्ने ५८ वटा पकेट क्षेत्र छन् ।

प्रदेशमा दैनिक ११३.५९ क्विन्टल कुखुराको मासु उत्पादन हुँदै आएकोमा हाल लकडाउनले गर्दा ६० प्रतिशतसम्म घटेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय प्रमुख तुलसीराम भण्डारीले हाल २ लाख ९० हजार वटा (२ किलोभन्दा माथि तौल पुगेको कुखुरा) बजारमा जान नपाएको जानकारी दिए । प्रदेशमा ५ लाख १८ हजार गोटा दैनिक अण्डा उन्पादन हुन्छ । किसानले राज्यसँग ठूलो राहतको माग गरेका छन् ।

मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडैलले मासुको खपतमा ९० प्रतिशतसम्म कमी आएको बताए । ‘सबै क्षेत्र बन्द छ । माछामासु बढी खपत हुने साना ठूलो सबै होटल बन्द छन् । किसानदेखि मासु व्यवसायी चौपट भएको अवस्था छ,’ अध्यक्ष पौडेलले भने ।

५ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरे लकडाउनले पीडित भएका किसानलाई राहत दिने गरी योजना बनाउन लागिएको बताए । ‘तरकारी, मासु, अण्डा र बिउबिजनका किसानलाई केही भएपनि राहत दिने गरी योजना बनाएका छौं । लागत संकलन गरेर वितरण गर्छाैं, अहिलेको अवस्था सामान्यमा आएपछि,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x