×

NMB BANK
NIC ASIA

काठमाडौंका २८ किलोमिटर सडकमा ‘ट्राफिक चिह्न’

बैशाख ४, २०७७

NTC
Premier Steels

काठमाडौंका सडकलाई चिटिक्क बनाउने काम भइरहेको छ ।

Muktinath Bank

सडक व्यवस्थापनको अभिन्न अंग मानिने सडक चिह्न (मार्किङ) लगाउने काम भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर–ले) झण्डै २८ किलोमिटर सडकमा चिह्न लगाएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । ‘लकडाउन’का कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौंका मुख्य र सहायक सडकमा चिह्न लगाइएको हो ।


Advertisment
Nabil box
Kumari

ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए ।

Vianet communication

धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको उनले बताए । उपत्यकामा बालुवाटार, रामशाह पथ, सुन्धारा लगायतका धेरै स्थानमा सडकमा चिह्न लगाइएको छ । उनले भने, ‘सामान्य अवस्थामा सवारीसाधनको चाप बढी हुने भएपनि अहिले सडक खाली हुँदा काम गर्न पनि सजिलो भयो ।’ सडकका दुवै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिह्न लगाइएको छ ।

काठमाडौं उपत्यकामा धेरै स्थानमा ‘ओभर ले’को काम ‘लकडाउन’का कारण ठप्प छन् । तीनकुने–गौशाला लगायत एकातिर काम सकिएर अर्काे लेनतर्फ गर्न बाँकी रहेकाले त्यस्ता सडकमा भने चिह्न लगाइएको छैन । ‘अर्काे लेनमा कालोपत्र गर्दा रंग जाने हुनाले अहिले नगरिएको हो,’ उनले भने ।

‘लकडाउन’का समयमा सडक चिन्ह लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् । एकातर्फ सवारीसधानको चाप कम र अर्काेतिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिन्हले उपत्यकाको मुहार नै फेरिएको छ ।

‘लकडाउन’मा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्योल भएपनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिन्हका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x