×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम सरकारले राहतको लागि स्थानीय तहलाई पठायो १६ करोड

बैशाख ४, २०७७

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेश सरकारले घोषित राहत रकम वितरणको लागि स्थानीय तहलाई रकम पठाएको छ ।

Muktinath Bank

गरीब, असहाय र विपन्नलाई प्रतिपरिवार ३ हजार रुपैयाँका दरले राहत दिने भनी घोषणा गरेअनुसार प्रदेश सरकारले प्रदेशस्थित सबै स्थानीय तहलाई १६ करोड बजेट पठाएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले राहत वितरणको मापदण्ड अनुसार वितरणको लागि रकम निकासा गरिसकेको जानकारी दिँदै लकडाउनको अवधिभित्रै स्थानीय तहमार्फत वितरण हुने बताए । प्रदेश सरकारको चैत २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट राहत दिने निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

मापदण्ड अनुसार यसअघि राहत प्राप्त गरिसकेका नदोहोरिने गरी वितरण गरिने भएको छ । प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नून, २ लिटर खानेतेल, ४ वटा साबुन र २ किला चिनी वितरण गरिने भएको छ ।

Vianet communication

प्रदेश सरकारबाट निकासा रकम प्राप्त भएपछि स्थानीय राहत वितरणको तयारीमा लागेका छन् । यसघि पनि विभिन्न निकायद्वारा सहयोगार्थ राहत वितरण गरिसकेको बताउँदै कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले पुनः केही दिनभित्रै वितरण गरिने जानकारी दिए तर कैलाली गाउँपालिकामा गरीब, असहाय र विपन्नको अनुपातमा रकम निकासा कम आएको उनको भनाइ थियो । कैलारी गाउँपालिकालाई २४ लाख रकम प्राप्त भएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले यसअघि २० लाख बराबरको राहत वितरण गरिसकेको बताउँदै पुनः वडा कार्यालयमार्फत राहत वितरणको तयारीमा रहेको जानकारी दिए ।

कोरोना भाइरस (कोभिड– १९) को महामारी फैलिएपछि प्रदेश सरकारले राहत प्याकेज घोषणा गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x