बैशाख २२, २०८१
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा नयाँ वर्ष २०७७ सालको हार्दिक शुभकामना ।
कोभिड-१९ अर्थात् कोरोनाभाइरस विश्व महामारीका रूपमा फैलिरँहदा नेपालदेखि बाहिर रहने लाखौं श्रमजीवी युवाहरू पनि यसको चपेटामा परेका छन् ।
कतिपयको काम गुमिसकेको अवस्था छ । कतिपय डरैडरको स्थितिमा काम गर्न बाध्य छन् । अहिले धेरैजसो परदेशीका दुःख–पीडा कहिललाग्दा छन् ।
परदेशमा कोरनाकै कारण ज्यान गुमाउने र संक्रमित हुने नेपालीहरूको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको अवस्था छ । कोरोना संक्रमणबाट सफल उपचार भएकाहरू पनि प्रशस्तै छन्।
म पनि प्रवासमा नै छु । घरदेखि सात समुन्द्र दूर कोरोना संक्रमिक शहरमा नै जीवन बिताइरहेको छु ।
प्रवासमा जतिसुकै सुरक्षितरूपले बसेको महसूस गरेतापनि यो अवस्थामा घर परिवार, आफन्त, साथीभाइहरूको याद आउनु, एक्लो महसूस हुनु, अत्यास लाग्नु, न्यास्रो अनुभूति पक्कै पनि सबैलाई हुन्छ । यस्तो अवस्थामा सबैजना आफ्नानजिक रहेका साथीहरूको सम्पर्कमा रहिरनुहोला ।
आत्मबल र सकारात्मक सोचाइको विकास गर्नुहोला । हरेक समस्याबाट जुध्न मानसिकरूपमा तयार रहनुहोला ।
आत्मबल र आत्मविश्वास भन्ने चिज संसारको सबैभन्दा ठूलो औषधि हो भन्ने सन्देश पनि दिन चाहन्छु । तपाईंहरू आफ्नो विचार र भावनाहरू स्वतन्त्रतापूर्वक व्यक्त गर्न सक्नुहुन्छ । परदेशमा तपाईं हाम्रा जीवन भोगाइ र विचारहरू पक्कै पनि अलग–अलग हुन्छ ।
समस्या पर्नेबित्तिकै नजिकको राजदूतावास, गैरआवासीय संगठन (एनआरएनए) तथा सामाजिक संस्थाहरूमा सम्पर्क गर्नुहोला । प्रवासमा तपाईं हामी अप्ठ्यारोमा पर्दा पहिलो मलम पट्टी यीनै संस्थाले लगाउन सक्नुपर्ने हुन्छ । यहाँबाट नै यथाशीघ्र साथ सहयोग पाउन सकिन्छ । सिधै सामाजिक सञ्जालमा भावविह्वल हुँदा त्यसले समाजमा नकारात्मक असर पार्न पनि सक्छ ।
विश्व समुदाय र परिवेशलाई नजिकैबाट नियालेर हेर्दा विदेशीहरूले आफ्ना नागरिकहरूलाई खोजीखोजी स्वदेश लगेका प्रशस्तै उदाहरणहरू छन् । नेपालमा रहेका विदेशी नागरिकहरूलाई पनि सम्बन्धित देशको सरकारले प्लेन चार्टर गरेर स्वदेश फिर्ता गरिरहेको अवस्था छ ।
साठी लाखभन्दा बढी श्रमजीवी नेपाली युवा परदेशमा बस्दै काम गर्दै छन् भनेर बताउने नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयले पनि यो महामारीको समयमा आफ्ना नागरिकहरूको खोजीमा अलि बढी चासो दिनुपर्ने थियो । घरपरिवार र जन्मभूमिको माया के हो भनेर महाकालीमा पौडिएर तर्दै गरेका तस्वीर र सीमामा बसेर भोकै हारगुहार गरिरहेका आवाजहरूले बताइसकेका छ्न् ।
यस्तो अवस्थामा आफ्ना नागरिकको खोजी नगर्नु अत्यन्तै दु:खद् विषय हो । हरेकपटक राज्यलाई आपत्ति पर्दा बाढीपहिरो, महामारी, भूकम्प आउँदा प्रवासीहरूले लगाएको गुनलाई सरकारले बिर्सनु हुँदैन । आर्थिक संकट टार्नका लागि घरबाट टाढा भएका नेपालीहरू कसको पो रहर हुन्छ होला र !
कोरोनाको कोशेली लिएर घर फर्किनलाई ? विदेशदेखि आफ्नै खर्चमा देश फर्किन्छौं हामीलाई देश फर्किने वातावरण मिलाइयोस् भनेर भनिरहँदा सरकार र श्रम मन्त्रालय किन केही बोल्दैन ? स्वदेश फिर्ता हुन चाहनेहरूको मेडिकल स्वास्थ परीक्षण गरेर नेपाल एअरलाइन्समै आफ्ना नागरिकहरू फिर्ता लान सकिँदैन ? यस्तै विपत्तिको अवस्थामा होइन र राज्यको सम्पत्ति प्रयोग गरी आफ्ना नागरिकलाई सुरक्षा दिनुपर्ने ? जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोला भनेर मात्रै के सरकारको आफ्ना नागरिकप्रतिको उतरदायित्व पुरा हुन्छ होला ?
विश्व नै आतंकित हुनेगरी कुनै देश, सीमा, भूगोल नभनी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लाखौं श्रमजीवी युवाको रोजीरोटी खोसिएको अवस्थामा, श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा आपतकालीन हेल्प डेस्क र मोबाइल नेटवर्क तयार गरिदिएको भए धेरै साथ र सहयोगको महसूस हुने थियो । रेमिट्यान्सको स्वाद मीठो मान्ने सरकारले प्रवासमा रहेका आफ्ना नागरिकलाई पैसा कमाउने औजारको रूपमा नलियोस् ।
सरकार प्रवासीहरूको सुख–दुःखको असल सहयात्री पनि बनोस् ।
प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...