×

NMB BANK
NIC ASIA

लकडाउनमा व्यस्तता : पुत्रशोकले तराई झरेका सापकोटा दम्पतीको लोभलाग्दो उद्यम

बैशाख ६, २०७७

NTC
Premier Steels

देशमा ३ हप्तादेखिको बन्दाबन्दी (लकडाउन) ले आम नेपालीको दिनचर्या फेरिएको छ । सबैतिर कोरोना भाइरस (कोभिड–१९) को त्रास, अत्यास र छटपटी छ ।

Muktinath Bank

कतिले लकडाउनमा काम नपाएर घरमै खुम्चिएर बस्नुपरेको छ भने कतै तरकारीले बजार नपाएर नष्ट गर्ने र दूध पोखेर फाल्नुपर्ने अवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ नहरपुरका किसान आत्मराम र सरस्वती सापकोटाको दम्पतीलाई भने लकडाउनमा झन् व्यस्तता बढेको छ । 


Advertisment
Nabil box
Kumari

खेतैभरि फलेका विषादीरहित टमाटर टिप्न सापकोटा दम्पतीलाई भ्याइँनभ्याइँ छ । बुटवल उपमहानगरपालिकाले अर्गानिक उत्पादन गर्ने स्थानीय किसानको सूचीमा राख्दै फोन नम्बरसहित सार्वजनिक गरेपछि सापकोटाको व्यस्त दिनचर्यामा अझ व्यस्तता थपिएको छ ।

Vianet communication

लकडाउनको अवधिमा उनले झण्डै २५ क्विन्टल टमाटर बिक्री गरिसकेका छन् भने खेतमा अझै सोही परिणामको टमाटर तयार भइरहेको छ । नहरपुरमा करीब डेढ विगाह जग्गामा सापकोटा दम्पत्तिले तरकारी खेती गर्दै आएका छन् ।

जग्गा भाडामा लिएर सापकोटाले तरकारी खेती र पशुपालन गर्दै आएका छन् । २ कोठे टिनको छाप्रोमा बास बनाएका छन् र नजिकै एउटा गोठ बनाएर आधा दर्जन जति गाई पालेका छन् ।

केही वर्षदेखि सापकोटाको कृषि कर्म चलिरहेको छ । वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानी हुने गरेको सापकोटा बताउँछन् । ‘पैसा के कति कमाइयो भन्दा पनि मेहनत गरेर हिजोको शोक र पीडा के कसरी भुल्न सकियो भन्नेमै ध्यान छ,’ सापकोटाको मिहिनत फलेको ठाउँमा पुगेका पत्रकारलाई उनको सन्देश थियो, ‘सकुञ्जेल मिहिनत गर्नुपर्छ र गर्न पाइरहेहुन्थ्यो ।’

आत्मराम अहिले ५५ वर्षका भए । उनका माथिपट्टिका अगाडिका दाँत झरेका छन् । पत्नी सरस्वती ५१ वर्षकी भइन् । उनलाई पेटको समस्या छ । त्यतिबेला उपचार पनि गर्ने र तराईमै केही न केही गर्ने भनेर सापकोटा दम्पती रुपन्देही झरेका थिए । सापकोटाका एक छोरा र अर्की छोरी पनि छन् । छोरीको बिहे भएर अहिले शंकरनगरमा छिन् भने कान्छो छोरा विदेशबाट फर्केर अहिले पहाडमै रहेका छन् । उनको बिहे भएर सन्तान पनि भएका छन् ।
त्यो दर्दनाक कथा !

जेठो सन्तानको रुपमा जन्मिएका छोराको निधन भएपछि सापकोटा दम्पती शोकमा परेका थिए । गुल्मीको मजुवा तुराङ (हाल चन्द्र्रकोट गाउँपालिका) बाट झण्डै ७ वर्षअघि सापकोटा तराई आएका थिए । किन तराईमा आए, कसरी आए, कहाँ के गरेर बसे भन्ने विषय खोतल्ने हो भने उनको ‘दर्दनाक कथा’ले धेरैलाई रुने बनाउँछ ।

सापकोटा परिवार खुशी थियो । २ छोरा, १ छोरी हुर्किसकेका थिए । पहाडको भीर–पाखो भएपनि आफू जन्मिएको र हुर्किएको माटो स्वर्ग जस्तै लाग्थ्यो । गाउँमा पनि उनीहरू खेतीकिसानी नै गर्थे र सबैका लागि सहयोगी थिए ।

भैंसी पाल्ने, खेतबारीमा अन्न उब्जाउने यो सबै उनीहरूको दिनचर्या थियो । दिनभरि सबै आ–आफ्नै काममा व्यस्त भएपनि साँझ पाँचै जना जम्मा भएपछि खुशीसाथ मिठोमसिनो खान्थ । दिन राम्रै बितिरहेको थियो । जेठो छोरा २३ वर्ष हुँदै थिए । घरमा उनको विवाह गर्ने कुरा चल्दै थियो । कान्छो छोरा रोजगारीको लागि विदेश गएका थिए । छोरी पढ्दै थिइन् ।

आत्मरामको सुन्दर र खुशी परिवारमा विपत्ति आइलाग्यो । जेठो छोराको भीरबाट लडेर मृत्यु भयो । आत्मराम र सरस्वतीमाथि बज्रपात पर्‍यो । बुवाआमाले पहिलो सन्तान, बुढेसकालको सहारा गुमाए, भाइबहिनीले दाजु गुमाए । जेठो सन्तानको वियोगमा आमा सरस्वती थलिँदै जान थालिन् । पहिले स्वर्गजस्तै लाग्ने गाउँठाउँ उनीहरूका लागि न्यास्रो मात्रै लाग्न थाल्यो ।

जेठो सन्तान गुमाएको शोक र त्यहीँ पीरले टाउको दुख्ने, पेट दुख्ने हुँदै थलिन लागेकी सरस्वतीको हालतले आत्मरामलाई छटछटी भयो । घरमा बस्नै मन लागेन र सापकोटा दम्पतीले गाउँ नै छाडे । छोराको प्राण लिएको भीर र पाखापखेरालाई कत्तिखेर छाडेर हिँडौ भन्ने भावले उनीहरूले जन्मभूमि छाड्न कत्ति पनि धक मानेनन् ।

छोराको वियोगमा थलिएकी पत्नीको उपचारको लागि बुटवल झरेका आत्मरामलाई आफ्नो ठाउँ फर्किन मन लागेन । छोराको प्राण लिएको भीर र पाखापखेरामा जाने हिम्मत आएन । यतै केही गरेर जीवन धान्दै पुत्र वियोगको शोक र पीडा भुल्ने प्रण गरे सापकोटा दम्पतीले । छोरा बितेको डेढ वर्षपछि उनीहरू गाडीभाडा र उपचारका लागि केही रकमको जोहो गरेर तराईमा झरे । केही आफन्तकोमा पाहुना हुँदै आफैंले सानोतिनो खाजा पसल शुरू गरे ।

शहरको भीडभाड र ग्राहकलाई चियाखाजा खुवाउन व्यस्त भइरहँदा सरस्वतीलाई पनि निको हुँदै थियो । चियाखाजा पसल चलाउन बिहानदेखि रातिसम्म नै व्यस्त भइरहनुपर्थ्यो । सटरको भाडा, कोठाभाडा, रासनपानी सबैको तिरनतारन गर्दा महिनाभरि अरुको जुठाभाँडा माझेर होटल चलाउँदा पनि खासै बचत हुन सकेन । त्यसबाट गुजारा चल्ने देखिएन, पछि दूध किन्ने–बेच्ने काममा डुल्दैडुल्दै जाँदा नहरपुरको खाली जग्गा भेटियो । शोक र पीडा भुल्ने माध्यमका रुपमा गरेको मिहिनतले नै अहिले उनीहरूलाई सफल किसानी तथा उद्यमी बनाएको छ ।

‘पीडा भुल्न कतिले के–के गरेको, नशा सेवन गरेको, ज्यानै फालेकोे पनि सुनेको छु तर हामीलाई काम गरेर पीडा भुल्न पाए हुन्थ्यो र त्यो भीरमा फर्किनु नपरे हुन्थ्यो भन्ने मात्रै छ,’ टिलपिल आँसु झर्दा पनि हाँसेरै बोलिरहेका आत्मरामले भने, ‘फुर्सद भयो भने बाबुको सम्झना आउँछ, जसरी भएपनि पीडा भुल्न पाए हुन्छ, त्यही भएर दिउँसो घाममा पनि आराम नगरी काममा व्यस्त भइरहन्छौं ।’

कुटो–कोदालीबाट चलेको खेती किसानीमा उनले आफ्नै मिहिनतले हाते ट्रेक्टर किनेका छन् । २ वर्षअघि बञ्जर रहेको जग्गामा दिनरात मिहिनत गरेर उनले अहिले सुन फल्ने बनाएका छन् । यहीँ जग्गामा सापकोटा दम्पती दिनभर तरकारी खेती र गाईवस्तुको स्याहारमै व्यस्त भइरहेका छन् ।

मौसमी मात्र होइन, बेमौसमी रुपमा पनि बाहै्र महिना तरकारी उत्पादन हुने गरेको छ । जुन बुटवल बजारसम्म पुग्नै पाउँदैन, वरिपरिकाले खरिद गरेर सकिन्छ । अहिले पनि उत्पादन बढेको छ र बजार पनि विस्तार भएको छ ।

बेमौसमी तरकारी खेतीका लागि बुटवल उपमहानगरपालिकाले ग्रीन हाउस निर्माण गरिदिएको छ । सोही ग्रीन हाउसमा उनले बेमौसमी तरकारी खेती गर्दै आएका छन् । ग्रीन हाउस र खेतबाट दैनिक २ क्विन्टल बढी टमाटर उत्पादन हुन्छ । यो सिजनमा मात्रै झण्डै ५० क्विन्टल टमाटर निकाल्न सकिने आत्मरामको विश्वास छ ।

व्यावसायिक तरकारी खेतीसँगै आत्मरामले गाईपालन पनि गरेका छन् । बिहान झिसमिसेमै उठ्ने आत्मरामको गोठमा दानापानीबाट दिनको शुरूआत हुन्छ । गाईको दानापानी, भकारो सरसफाई र दूध दुहुँदा ७ बजिसक्छ । दुहेको दूधलाई साइकल क्यानमा राखेर गाउँघर डुलेर बिक्री गर्छन्, दूध धेरैले मन पराउँछन् । गाईको गोठ र खेतबारीमा लगाएको तरकारी स्याहारमै उनको दिन बित्छ ।

उत्पादित तरकारी र दूध बिक्रीको लागि आत्मराम ठेला र साइकल लिएर वरिपरिको बस्तीमा डुल्छन् । ‘धेरै परिश्रम र लगानी गरेर उत्पादन गरेको टमाटर त्यसै खेर जान दिनुभएन,’ आत्मरामले भने । उनी आजकल ठेलामा टमाटर राखेर गाउँघर डुलाउने गर्छन् ।

आत्मरामले तरकारी खेती गर्दै आएको जमिन २ वर्ष अघिसम्म बञ्जर थियो । नजिकै स्कूल रहेकाले प्लास्टिकका टुक्रा र फोहर फाल्ने ठाउँ बनेको थियो । वरपरको जमिन पनि बाँझो नै थियो । अहिले आत्मरामले बञ्जर जमिनमा लहलह तरकारी फलाएका छन् ।

मोतीपुर, सेमलार, फर्साटिकर दूध उत्पादनको पकेट क्षेत्र हो । अहिले अन्यत्र जमिन खण्डीकरण गर्दै घरघडेरी बनाइरहेपनि यहाँ खेती गर्ने ठाउँ अझै बाँकी नै छ । जति दुःख र परिश्रम गरेर भएपनि यतै बस्ने अठोट सापकोटा दम्पतीको छ । वार्षिक २५ हजार रुपैयाँमा भाडामा लिएको जग्गा मिहिनत पोख्ने ठाउँ बनेको छ ।

सापकोटा दम्पतीले तरकारी खेतीमा गोबर मल र जैविक विषादी प्रयोग गर्दै आएका छन् । टमाटर, घिरौला, लौका, फर्सी, काँक्रा, तितेकरेला, काउली, बन्दा, सिमीजस्ता जैविक उत्पादनको माग अहिले बढ्दो छ । सिमी, काउली र बन्दा सकिएपछि अहिले टमाटर फलिरहेको छ । त्यो फल्न छोडेपछि बोडी, सिमी र अर्को सिजनको टमाटर रोप्ने तयारी छ । १–२ वटा गाईबाट पाल्न शुरू गरेको उनको गोठमा अहिले ९ वटा गाई छन् । गाईको मल तरकारी बारीमा राखिन्छ ।

सापकोटा दम्पती दैनिक १४ घण्टासम्म खेतबारी र गाईगोठमा काम गर्ने गर्छ । तरकारी खेतीको स्याहार गर्दागर्दै थाकेका उनीहरू मस्त निदाउँछन् र झिसमिसमै उठेर गाईगोठमा छिर्छन् तर उनीहरूको आफ्नै एक टुक्रा पनि जमिन छैन तराईमा । वार्षिक ५ लाखसम्म आम्दानी हुने भएपनि कतै बचत नगरेको र जग्गा जमिन पनि नजोडेको उनले बताए । 

‘जति आम्दानी गरेपनि यहीँ थप्दै गएको छु, यहीँ आम्दानीबाट गोठ बनाएँ, आफैं हाते ट्याक्टर किनेको छु,’ उनले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x