×

NMB BANK
NIC ASIA

पोखराका मजदुरलाई गाडीबाट पठाइयो घर

बैशाख ११, २०७७

NTC
फाइल फोटो
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षितरुपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार शुरू भएको छ ।

Muktinath Bank

पोखरा महानगरपालिका तथा अन्य संघसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई सहजरूपमा घरसम्म पुर्‍याउन शुरू गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले गाडी नचल्दा घर जान नपाएका मजदुरलाई पोखरामा वडाले समन्वय गरेर गन्तव्यसम्म पुर्‍याउन शुरू गरेको छ । महानगरको वडा नम्बर १६, ११ र वडा नम्बर १९  को समन्वयमा बुधवार साँझ रोल्पा र दाङका २१५ मजदुरलाई पोखराबाट ५ वटा बसमा उनीहरूको घरतर्फ पठाइएको हो ।


Advertisment
Nabil box
Kumari

रोल्पाका १७५ जनालाई ४ बसमा लिवाङसम्म र दाङका ४० जनालाई सदरमुकामसम्म पुर्‍याउने व्यवस्था गरिएको वडा नम्बर १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले जानकारी दिए । गण्डकी प्रदेश सरकार तथा महानगरका विभिन्न पूर्वाधार निर्माणका आयोजनामा खटिएका मजदुरलाई घर पठाइएको हो ।

Vianet communication

साँझ ७ बजे पोखराबाट दाङका लागि ४० मजदुरलाई गाडीको व्यवस्था गरी पठाइएको छ । मंगलवार नेपालगञ्जका लागि १९ र कोहलपुरसम्म १३ जनालाई जाने व्यवस्था गरिएको थियो । लकडाउनका कारणले काम गर्दै आएको ठाउँमा सामलको अभाव भएपछि मजदुर घर जान कष्टकर यात्रा शुरू गरेपछि सरकारले उनीहरूको उद्धार गरी सहजरूपमा घर पुर्‍याउने निर्णय गरेको थियो ।

लकडाउनकै अवधिमा यसअघि चैत १७ गतेसम्म जिल्ला प्रशासन कार्यालयको समन्वयमा ३ हजार २०० हाराहारीमा मजदुरको निर्माण व्यवसायीले साइटबाट उद्धार गरी घर पठाएको नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले बताए । दोस्रोपटक थप गरिएको लकडाउनपछि प्रशासनले पास वितरणमा कडाइ गरेपछि मजदुरको उद्धार हुन सकेको थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x