×

NMB BANK
NIC ASIA

संकटका बेला न्याय

अदालत बन्द होइन विकल्प खोजौं !

बैशाख १२, २०७७

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड १९) को असर प्रत्यक्षरूपमा मानव स्वास्थ्यमा मात्र नपरेर अन्य क्षेत्रहरू सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, राजनैतिक लगायत न्याय क्षेत्रमा पनि परेको छ । विश्व समुदाय अहिले कोरोनाविरुद्ध संर्घष गरिरहेको छ । न्यायपालिकामा पनि कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ । विश्वकै न्यायिक प्रणाली परिवर्तन भैरहेका छन् । मुद्दाको सुनुवाई गर्ने वा नगर्ने अथवा अदालत बन्द गर्ने वा काम सुचारू रूपमा अगाडि बढाउने, अहिले छलफलको विषय बनेको छ ।

Muktinath Bank

नेपालमा पनि लकडाउन शुरू भएपछि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले चैत्र २१ गतेसम्म देशभरका अदालत बन्द गर्ने निर्णय गरेको थियो । तर अत्यावश्यक रहेका बन्दीका मुद्दा, पक्राउ पूर्जी जारी समर्थन, कैदमुक्तको निवेदन सुनुवाई तथा बालसुधार गृहमा रहेका बालबालिका अभिभावकलाई जिम्मा लगाउने निवेदनमा सुनुवाई भइरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउन बढेसँगै फूलकोर्टले चैत्र २८ सम्म पुनः उक्त समयसीमा बढायो । २ हप्तापछि नेपाल बार एसोसियसन, सर्वोच्च अदालत बार एसोसियसनले नागरिकका मानव अधिकारको संरक्षणका लागि आवाज उठाए र सर्वोच्च अदालतको फूलकोर्ट आकस्मिक बैठक बसेर चैत्र २८ गतेबाट अभियोगपत्र दायर, थुनछेक आदेश लगायतका काम अगाडि बढाउने निर्णय गर्‍यो । यही क्रममा लकडाउनको समयसीमा बढाइयो साथसाथै सर्वोच्च अदालतको फूलकोर्टको निर्णयको विभिन्न कोणबाट क्रिया–प्रतिक्रिया आउन थाले । सर्वोच्च अदालतकै न्यायाधीशले उक्त निर्णयमा असहमति जनाए ।


Advertisment
Nabil box
Kumari

कानून व्यवसायीहरू पनि आ–आफ्नो तर्कमा केन्द्रित भए । नेपाल बार एसोसियसनले पनि प्रस्ट धारणा ल्याउन सकेन । न्यायपालिका सम्वद्ध कर्मचारी संगठनहरूले कार्यालयमा अनुपस्थित हुन सबै कर्मचारीलाई आग्रह गरेका छन् । अभियोग पत्रको सुनुवाईको क्रममा अभियुक्तको कोरोनासम्बन्धी स्वास्थ्य परीक्षण गरे मात्र बयान कार्य अगाडि बढाएर सुनुवाइ गर्ने काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ भने चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा बस्दा अनिवार्यरूपमा कोरोनासम्बन्धी स्वास्थ्य परीक्षण गराउन आदेश दिएको छ । सर्वोच्च अदालतले कोरोनासम्बन्धी सबै रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश समेत दिएको छ । अहिलेको मुख्य छलफलको विषय भनेको जीवन अर्थात् लकडाउनको धारणा मुताविक अदालत बन्द गर्ने वा वैयक्तिक स्वतन्त्रता अर्थात बन्दी प्रत्यक्षीकरण लगायत थुनुवाको मुद्दाको सुनुवाइ गर्ने ।

Vianet communication

अहिलेको अवस्था सामान्य अवस्था होइन, असामान्य परिस्थितिमा न्यायपालिकाले असाधारण नै कार्यविधि अपनाउनुपर्दछ, मुद्दाको सुनुवाइ गरिनुपर्दछ । जसरी बयान, बकपत्र वा म्याद थपको काम अदालतमा भौतिकरूपमा उपस्थित नभै भिडियो कन्फ्रेन्सबाट गर्ने व्यवस्था हामीसँग छ, र यदाकदा हामीले अभ्यासमा पनि ल्याएकै हो । विश्वभरिका धेरै अदालतहरू कोरोना भाइरसको प्रकोपको प्रतिक्रियामा निरन्तर कार्यहरू रोकी आपतकालीन उपायहरूको हिस्साको रूपमा वैकल्पिक मार्गहरू बनाउनका लागि बाध्य भएका छन् । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि कोरोना प्रकोपले प्रभावित हुने पहिलो देश अर्थात् चिनियाँ अदालत प्रणाली थियो, उसले तुरुन्तै अनलाइन ट्रायलमा त्यहाँको न्यायिक प्रणालीलाई समायोजन गरेको थियो ।

चीनको सर्वोच्च अदालत अर्थात् सुप्रिम पिपुल्स कोर्टले इन्टरनेटको माध्यमद्वारा मुद्दाको सुनुवाइ प्रक्रियालाई अगाडि बढाउन, अदालतमा मद्दत पुर्‍याउन चीनका बाह्र (१२) प्रान्तहरू र शहरहरूका सोसल मिडियामा वी च्याटमार्फत ‘मोबाइल माइक्रो कोर्ट’को प्रयोगलाई बढावा दिएको छ । बेलायतमा बेलायती नागरिकका लागि खुला अदालतहरूको संख्या घटाइएको छ तथापि अति जरुरी मुद्दाहरू र केही विशेष थुनामा रहेका थुनुवा मुद्दाहरूको सुनुवाइ अदालतहरूले अगाडि बढाइरहेका छन् ।

चीनको सर्वोच्च अदालत अर्थात् सुप्रिम पिपुल्स कोर्टले इन्टरनेटको माध्यमद्वारा मुद्दाको सुनुवाइ प्रक्रियालाई अगाडि बढाउन, अदालतमा मद्दत पुर्‍याउन चीनका बाह्र (१२) प्रान्तहरू र शहरहरूका सोसल मिडियामा वी च्याटमार्फत ‘मोबाइल माइक्रो कोर्ट’को प्रयोगलाई बढावा दिएको छ । बेलायतमा बेलायती नागरिकका लागि खुला अदालतहरूको संख्या घटाइएको छ तथापि अति जरुरी मुद्दाहरू र केही विशेष थुनामा रहेका थुनुवा मुद्दाहरूको सुनुवाइ अदालतहरूले अगाडि बढाइरहेका छन् । यहाँको सर्वोच्च अदालतले आफ्नो इतिहासमा पहिलोपटक भिडियो लिंकद्वारा सम्पूर्ण मुद्दाहरूको सुनुवाइ प्रक्रिया सञ्चालन गरिरहेको छ ।

लण्डनका चर्चित कानून व्यवसायी जेरेमी डिनले खुला न्याय हाम्रो अपराधिक प्रक्रियाको प्रणालीको मुख्य विशेषता हो, त्यसैले यसलाई सम्बोधन गर्नु आवश्यक छ भनी वकालत गरिरहेका छन् । अर्थात् खुला सुनुवाइ गरिने प्रक्रियालाई कुनै कारण देखाई बन्द गरिनुहुँदैन । सुनुवाइको क्रममा नागरिकको पहुँच अनिवार्य शर्त हो । फ्रान्सको उच्च अदालतले त्यहाँको अदालती अनावश्यक धेरै कार्यविधिहरूलाई निलम्बन गरेको छ तर अझै पनि जरुरी आपराधिक  मामिलाहरूमा, फौजदारी मुद्दाहरूमा सुनुवाइ गरिरहेको छ । 

इटालीका अदालतहरू बन्द रहेका छन् । इटालीयन सरकारले लकडाउन घोषणा गरेकाले त्यहाँको सर्वोच्च अदालतले आफ्ना गतिविधिहरू स्थगित गरेको छ । संयुक्त राज्य अमेरिकामा अपनाइएका अदालती पद्धतिहरू फरक–फरक राज्यअनुसार फरक–फरक छन् । न्यूयोर्कको मुख्य न्यायाधीश डिफियोरले सबै अनावश्यक अदालतका कामहरू स्थगित गर्ने घोषणा गरे र भर्चुअल अदालती प्रणाली अपनाए । त्यसैगरी हाम्रो छिमेकी मुलुक भारतमा अदालतहरू पूर्णरूपमा बन्द गरिएका छैनन् । तथापि बिस्तारै इलेक्ट्रोनिक मुद्दामा सर्न थालेका छन् । भारतीय अदालतमा न्यायाधीशहरू अदालतको आफ्नो कोठामा उपस्थित हुन्छन् र बहसका लागि उपस्थित हुने कानून व्यवसायीहरू अदालत परिसरकै तोकिएको अलग कोठामा उपस्थित भै बहस पैरवी गर्दछन् ।

धेरै देशहरूले अदालतलाई बन्द नगरेर इलेक्ट्रोनिक सुनुवाइ गरेर प्रविधिको अधिकतम प्रयोग गरी परम्परागत सुनुवाइलाई प्रतिस्थापन गरिरहेका छन् । यो इच्छाभन्दा पनि बाध्यता हो । नेपालको अदालती प्रक्रियामा अदालत बन्द गरेर समस्याको समाधान हुँदैन । यसले मान्छेको जीवन रहेता पनि नागरिकको वैयक्तिक स्वतन्त्रताको हक अर्थात् मौलिक हकको संरक्षण हुन सक्दैन । तसर्थ अदालत पूर्णरूपमा बन्द गरिनुहुँदैन ।

नेपालको अदालती प्रणालीलाई अब बाहिरको जस्तै डिजिटल पद्धतिमा रूपान्तरण गरिनुपर्दछ । डिजिटल सुनुवाइ आवश्यकता र बाध्यता पनि हो । अत्यावश्यक रहेका बन्दीका मुद्दा, पक्राउ पूर्जी जारी समर्थन, कैदमुक्तको निवेदन सुनुवाइ तथा बालसुधार गृहमा रहेका बालबालिका अभिभावकलाई जिम्मा लगाउने निवेदनमा सुनुवाई, अभियोगपत्रको दायरी र थुनछेक आदेश मात्र गरेर मौलिक हक वा मानव अधिकारको संरक्षण हुँदैन, तसर्थ सम्पूर्ण फौजदारी मुद्दाको पनि सुनुवाइ गरिनुपर्दछ । अनि मात्र साँचो अर्थमा वैयक्तिक स्वतन्त्रता, मौलिक हक अन्ततोगत्वा मानव अधिकारको संरक्षण हुन्छ । डिजिटल सुनुवाइबाट खुला इजलास, प्रेस पहुँच, सार्वजनीकरणमा एउटा ठूलो जटिलता उत्पन्न गर्छ नै ।

यसै सन्दर्भमा कतारको हमाद बिन खालिफा विश्वविद्यालयका कानूनका प्राध्यापक इलियास बान्टेकसले सुझाव बन्द ढोका पछाडि हुने कारवाहीले अदालतमा जनताको प्रवेशमा प्रतिबन्ध त लगाउँछ नै तथापि जनताको इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहुँच गराई समस्या समाधान गर्न सकिन्छ भने झैं भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाइ गरिनुपर्दछ । जुन अदालती प्रक्रियामा प्रेस र सर्वसाधारणको पहुँचको सुनिश्चितता हुनै पर्दछ । भौतिक उपस्थित हुने प्रक्रियाको अन्त्य गरिनुपर्दछ । यस कार्यमा महान्यायाधिवक्ताको कार्यालय र नेपाल बारको पनि अहं भूमिका हुन्छ ।

अब नेपाल बारले न्याय सम्पादन गर्ने अदालतको काममा सहयोगी भूमिका खेल्नुपर्छ न कि बार लगाउने काम । अनि मात्र मानव स्वास्थ्य सँगसँगै मानव अधिकारको संरक्षण हुन सक्दछ । विश्वव्यापीकरणको असर र प्रभावहरूलाई नेपालको न्यायपालिकाले पनि आत्मसात् गर्दै अघि बढ्नुको विकल्प छैन । अहिलेको युग सूचना प्रविधिको युग हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x