×

NMB BANK
NIC ASIA

लकडाउनले फुर्सदिला चिकित्सक ! फोनबाटै दिन्छन् सुझाव–सल्लाह

बैशाख १३, २०७७

NTC
Premier Steels

अन्य समयमा बिहानदेखि राति अबेरसम्म व्यस्त रहने चिकित्सक अहिले फुर्सदिला जस्तै देखिन्छ । 

Muktinath Bank

सरकारी, निजी तथा विभिन्न फार्मेसीका बहिरङ्ग (ओपीडी) सेवा बन्द हुँदा कोरोना अस्पतालमा कार्यरतबाहेक अन्य डाक्टरको दौडधुप छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउन हुनुपूर्व खाना खान र सुत्न मात्र घरमा पुग्ने चिकित्सकले अहिले परिवारसँग समय बिताउने, सामाजिक सञ्जालमा सक्रिय हुनेदेखि पढाइलाई समेत ‘अपडेड’ गर्न थालेका छन् । 


Advertisment
Nabil box
Kumari

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) ले गर्दा बिरामी आकस्मिक (इमर्जेन्सी) बाहेक अन्य उपचारका लागि अस्पताल जाँदैनन् । 

Vianet communication

अस्पतालमा भर्ना भएका बिरामीलाई आलोपालो ‘राउन्ड’ हेरेर जाँच गरी चिकित्सक घरमै फर्किन्छन् । उनीहरूले बिरामीलाई फोनबाट सुझाव दिन्छन् । ज्वरो, रुघाखोका बिरामीलाई हेर्दै हेर्दैनन् ।

धेरै व्यस्त रहने लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले पनि परिवारलाई समय दिन पाएका छन् । उनी भन्छन्, ‘अस्पतालका ओपीडी र अर्थोपेडिक सेवा राज्यले नै बन्द गर्न भनेको हुँदा चिकित्सकले बिरामी धेरै हेर्नु परेको छैन तर आकस्मिक कक्षमा बिरामी धेरै छन् ।’

बिहान ७ बजेदेखि राति ९ बजेसम्म प्रादेशिक र बुटवल हस्पिटल प्रालिमा बिरामी हेर्दै आएका उनी अहिले भर्ना भएका इमर्जेन्सीका बिरामीलाई जाँच गरेर घरमा फर्किएर दिन बिताउँछन् । अस्पतालमा पनि भीडभाड नगर्न सरकारले भन्दै आएको छ । डा. पाठकले भने, ‘मलाई यस्तो समस्या देखियो, के गरौ ? भनेर दैनिक ६०–७० वटासम्म बिरामीका फोन आउँछन् । उहाँहरूको कस्तो अवस्था हो, कुन–कुन औषधि खाइरहनुभएको छ ? सोधपुछ गरेर सल्लाह दिन्छु ।’

बुटवल क्षेत्रकै पुरानो प्रादेशिक अस्पतालमा दैनिक १ हजार बिरामी उपचारका लागि आउने गरेकोमा अहिले इमर्जेन्सीमा जम्मा १०० जनासम्म आउने गरेका छन् । अन्य दीर्घरोगीले पनि चिकित्सकलाई टेलिफोन सम्पर्क गरेर सुझावका आधारमा औषधिलाई निरन्तरता दिएका छन् ।

सिद्धार्थ महिला तथा बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा. विनोद पराजुली बालबच्चालाई ‘प्रोटोकल’ हेरेर औषधि खुवाउन सुझाव दिन्छन् । बिहान आफ्नै पराजुली फार्मेसीमा बिरामी बच्चाहरू हेर्ने, दिउँसो आम्दा र साँझ फेरि आफ्नै फार्मेसीमा बिरामी हेर्थे डा. पराजुलीले तर अहिले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आम्दा अस्पतालमा बिरामी हेरेर उनी घरमै फर्किन्छन् । परिवारसँग समय बिताउँछन् ।

डा. पराजुली भन्छन्, ‘लकडाउनले गर्दा हस्पिटलमा बिरामीको चाप छैन । मानिसहरूले सजकता अपनाएका छन् । घरमै आफैं परिकार बनाएर खाएका छन् । अन्य समयमा जस्तो धुलोधुवा र बाहिरको खाना नखाँदा मानिसहरूलाई सरुवा रोग पनि कम लागेको छ ।’ ताजा खानेकुरा खाने, पानी उमालेर पिउने, बासी खानेकुरा नखाने, सरसफाइमा विशेष ध्यान दिन सकेमा धेरै रोगबाट जोगिन सकिने डा. पराजुलीको सुझाव छ । 

लकडाउन भएको शनिवार ३३ औं दिन हो । घरमा बसिराख्दा तनाव भएपनि बाहिर निस्कने अवस्था नरहेको चिकित्सकको भनाइ छ । सानो हेलचक्र्याइँले पनि कोरोना भाइरस सर्नसक्ने हुनाले सचेत रहेर घरमै बस्नुपर्ने चिकित्सक सुझाउँछन् ।

कोरोना भाइरसको त्राससँगै मानिसहरूले आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्न थालेका छन् । बिरामी भइहालेपनि सरकारी अस्पतालबाहेक अन्यमा सहज उपचार गर्न चिकित्सक नै आनाकानी गर्छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. नेत्र रानाले पनि अहिले फोनबाटै धेरै बिरामीको अवस्था बुझ्छन् । अस्पतालमा दैनिक ६० देखि ७० जना बालबालिका उपचार गर्न आउने गरेकोमा हाल करीब १० जना मात्र आउने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘अस्पतालमा आउन सम्भव हुनेलाई बोलाउँछु । सम्भव नहुनेलाई फोनबाटै सुझाव दिन्छु । यो औषधि खुवाउनुहोस् भनेर ‘म्यासेज’ गरिदिन्छु ।’

प्रादेशिक अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा बिरामी बच्चाको चाप छ तर आम्दामा बिरामी बच्चाको चाप ह्वात्तै घटेको छ । प्रादेशिक अस्पतालमा जन्मिएका तर एनआईसीयूमा राख्नुपर्ने अवस्थाका १ महिनासम्ममा बालबच्चा त्यहीँ भर्ना गरिन्छ । 

अस्पतालको ओपीडी सेवा बन्द हुँदा बिरामीलाई समस्या थपिएको छ । दीर्घरोगी र नियमित चिकित्सकसँग सल्लाह र चेकजाँच गरेर औषधि खानुपर्ने बिरामी सबैभन्दा बढी मारमा परेका छन् । 

आम्दा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल रुघाखोकी, झाडापखाला, ज्वरो जस्ता सरुवा रोग घरबाहिर ननिस्कँदा बिरामी कम भएको बताउँछन् । उनी भन्छन्, ‘लकडाउनले बिरामी कम पनि भएका छन्  । घरबाहिर निस्कन रोकिएपछि सरुवा रोगको जोखिम पनि कम हुन्छ ।’

पोखरेलले थपे, ‘ज्वरोका बिरामी पनि ५० प्रतिशतले घटेका छन् । चिकित्सकहरू पनि अस्पतालमा आलोपालो गरेर बिरामी हेरेका छौं । फुर्सदिलो हुँदा परिवारसँग समय, सामाजिक सञ्जाल हेरेर पनि समय बिताउन थालेका छौं ।’ 
सरकारले कोरोना संक्रमण वा आशंका लागेका बिरामीको लागि धागो कारखानामा कोरोना विशेष अस्पताल निर्माण गरेको छ । विदेशबाट फर्किएका वा उनीहरूको सम्पर्कमा आएकाहरूमा कोरोनाको लक्षण (रुखाखोकी, ज्वरो, र सास फेर्न गाह्रो) भएका बिरामीलाई छुट्टै उपचारको व्यवस्था छ । त्यहाँको उपचारमा डा. सुदर्शन थापा खटिएका छन् ।

बुटवलमा दैनिक ३ हजारभन्दा बढी बिरामी उपचार गर्न आउँछन् तर अहिले सबै अस्पताल सुनसान छन् । अन्य समयमा बिरामी तानातान गर्ने निजी अस्पताल सामान्य बिरामीलाई पनि उपचार गर्नबाट पन्छिने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x