×

NIC ASIA

रुबिन, जसले सारंगी बजाएर आन्दोलनकारीलाई जोस्याए

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ११ वैशाख– एघार बर्ष पहिले २०६२–६३ सालमा सम्पन्न जन–आन्दोलनले मुलुकमा राजनीतिक उथल पुथल ल्यायो । २४० वर्षदेखि शासन गरिरहेको राजसंस्थाको जरो उखेलियो । जनआन्दोलनमा राजनैतिक पार्टी मात्र होइन, राजनीतिक रंगले नमुछिएका स्वतन्त्र जनता पनि सडकमा ओर्लिए ।

जनताले आ–आफ्नो ठाउँबाट आन्दोलन गरे । राजाकै दरबार अगाडि राजतन्त्रविरुद्ध नारा लगाए । त्यतिबेला राजाको विरुद्धमा बोल्नका लागि मुटु बलियो हुनुपर्थ्यो । सरकारले चाह्यो भने क्षणभरमै प्रहरी कठघरामा थुन्ने गथ्र्यो ।

जन–आन्दोलन भएको पनि एक दशक बितिसकेको छ । दश वर्षको अन्तरालमा देशमा अन्यत्र धेरै ठूलो परिवर्तन भएपनि जनताको जीवन स्तरमा खासै सुधार आएन ।

राजसंस्थाका विरुद्ध सारंगी रेटेर चोटिलो प्रहार गरेर रुबिन गन्धर्वले चर्चा बटुले । भर्खरको ठिटो रुबिनलाई मिडियाले मात्र होइन, राजनीतिक दलका नेताले पनि राम्रैसँग नोटिस गरे ।

राजनीतिक माहोल तताएर स्टेजमा ठूल्ठूला नेता तथा कार्यकर्ताको आग्रहमा गीत गाउने एउटा ‘फुच्चे केटो’ले सबैको ध्यान खिचेको थियो ।

बसमा सारंगी बजाएर गीत गाउँदै हिँड्ने एउटा फुच्चे केटोले राजनीतिक पार्टीका कार्यकर्ताको आग्रहमा गीत गाउने अवसर मौका पाएको थियो, जनआन्दोलन– २ मा । ‘काठमाडौंका बसहरूमा, चोकहरूमा गीत गाउँदै हिँड्थें । सानैदेखि अन्यायको विरुद्धमा मेरो आवाज उठिरहन्थ्यो ।’ रुबिन भन्छन्, ‘मेरो बाल दिमागले त्यतिबेला नै निरङ्कुशता भनेको के हो भन्ने बुझिसकेको थियो ।’

‘हामीले देखेका सपना त पूरा भएका छैनन् । अझ धेरै सपना पूरा हुन बाँकी छन् ।’ त्यतिबेला जनवादी गायक जेवी टुहुरे, रामेश रायन लगायतका कलाकारसँग जनआन्दोलनमा गीत गाउँदै हिडेको स्मरण गर्दै उनी भन्छन्, ‘म चैं कुनै पार्टीको सदस्य थिइन । लोकतान्त्रिक आन्दोलनका लागि गीत गाउने एक युवा थिएँ । जुन पार्टीले पनि मलाई गीत गाउनका लागि बोलाउने गथ्र्यो ।’

‘पख्लास् तँलाई सामन्ती बजिया...’ भन्दै उनले आफूले गीत गाएको सम्झन्छन् ।

दश वर्षको अन्तरालमा रुबिनको जिन्दगीमा भने धेरै नै फरक भएको छ । गन्दर्भ संस्कृति तथा कला संगठनमा उपाध्यक्ष छन् उनी । अहिले पनि उनले सारङगीको धुनमा गीत गाउँदै आफ्नो गुजारा चलाएका छन् ।

‘सम्झनामा जनआन्दोलन केही तीतो पनि छ । केही मीठो पनि छ ।’ उनी सम्झन्छन्, ‘केही कुरा बोलिहाल्दा पनि प्रहरीले नजरबन्दमा राख्ने हुन् कि, थुन्ने हुन् कि भन्ने थियो । राजसंस्थालाई प्रत्यक्ष गाली गर्नु भनेको मृत्यु निम्त्याउनु जस्तै थियो ।’

अहिले भने छाती फुलाएर गाली गर्न सकिने स्थिति बनेको उनले लोकान्तरलाई अनुभव सुनाए । उनी सुनाउँछन्, ‘त्यो बेलामा मलाई किन्न पनि खोजे । पुलिस थर्काउने सारङ्गी फुटाइदिनु, पिट्नु त सामान्य थियो । कहिले मकवानपुर, नौबीसे लगेर मलाई छोडिदिन्थे ।’

किन त ? रुबिन बालक भएकै कारणले प्रहरीले थुनामा राख्न पाउँदैनथ्यो । तर, उनलाई कहिल्यै डर लाग्दैनथ्यो । सानैदेखि नै उनको स्वभाव हठी स्वभावको थियो ।

‘तपाईजत्तिको साहसिलो बच्चा हामीले देखेका थिएनौं । हामीले भूमिगत भएर भन्न नसकेका कुराहरु तपाईले प्रत्यक्ष भनिदिनुभयो ।’, प्रचण्ड तथा बाबुरामले त्यतिबेला आफूलाई फोनै गरेर बेलाबेलामा धन्यवादसहित भनेका शब्द उनी अहिले पनि सम्झन्छन् ।

जनआन्दोलनपछि ह्वात्तै चर्चामा आएका रुबिन अहिले भने निजी जिन्दगीमा व्यस्त छन् । गोरखाको लिगलिगकोटमा जन्मिए पनि उनले काठमाडौंलाई नै कर्मथलो बनाएका छन् । यो दश वर्षमा उनले बिहे मात्र गरेनन्, एउटी छोरीको बुबा पनि भइसकेका छन् । ‘एउटा बेला आउने रैछ, त्यो बेलामा माया पनि बस्दो रैछ । बिहे पनि गर्नुपर्ने रैछ, केटाकेटी उमेर सकिएपछिको उमेर त्यस्तै उमेर रहेछ ।’ उनी हाँस्दै सुनाउँछन्, ‘तर, अहिले मेरो संगत नै वौद्धिक समूहसँग भएको छ ।’

प्राय ठमेलमै भेटिने रुबिन अब भने आन्दोलनमा रुमल्लिने हो भने झन पछि परिने अनुभव सुनाउँछन् । ‘उपलब्धि त भएकै हो तर खबरदारी गर्नुपर्ने भने भएको छ ।’

‘देशमा लोकतान्त्रिक गणतन्त्र आउनु, एकात्मक राजतन्त्र ढल्नु, देश संघीयतामा जानु हाम्रा लागि सफलताका सूचक हुन् ।’ रुबिन आशावादी हुँदै थप्छन्, ‘जुन देशमा जीवन नै छैन, त्यो देशमा हाम्रो युवा जीवन खोज्न गइरहेका छौं । हामीले आफ्नै देश बनाउनुपर्नेमा युवा राजनैतिक कारणले नै अरुको देशमा जानुपरेको छ । यो समस्या हो ।’

तर, आन्दोलनले केही स्वरुप फेरेपनि उनको आम मान्छेको दैनिकीमा भने देखिने गरेर परिवर्तन ल्याउन सकेको छैन । जस्तो कि, हिजो पनि रुबिन सारङ्गी रेट्दै गीत गाउँदै हिड्थे । अहिले पनि सारङ्गीसँगै गीत सुनाउँछन् ।

जनआन्दोलनमा गाएका धेरै गीत त उनलाई याद छैन । केही गीत भने उनले अझै पनि याद गरेका छन् । त्यो मध्येको यो गीत हामीलाई सुनाएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x